बेलका । बेलका नगरपालिका-२ लालभित्तीमा आगलागी हुदाँ तिन घर जलेर नष्ट भएका छन । बेलका नगरपालिका २ गिनेरी टोल बिकास सस्थाका मन्त्री तामाङ्ग, बुद्द सिंह तामाङ्ग र कृष्ण दनुवारको आगलागीले जलेर नष्ट भएको हो । मंगलबार साझमा आगलागी हुदाँ टिनको र फुसको छानाे भएको घर सबै जलेको नगरप्रमुख दुर्गा कुमार थापाले जानकारी दिनु भयो । बेलका नगरपालिकाले आगलागि हुने बित्तिकै आगलागी पिडितलाई घरमै पुगेर राहत सामाग्री बितरण गरेको छ । बेलका नगरपालिकाको जाहा अभर त्याहा नगर कार्यक्रमले बाढी पहिरो आगलागी जस्ता प्रकोप भए घटना स्थलमै पुगेर राहत दिने गर्दछ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.










