उदयपुर । कोरोना भाइरसको त्रासका कारण यस बर्ष उदयपुरमा होलीको रौनक घटेको छ । भिडभाडमा होली खेल्दा कोरोनाको सङ्क्रमण हुन सक्ने भन्दै डाक्टरहरुले सावधानी अपनाउन आग्रह गरेका कारण होलीको रौनक घटेको हाे । अर्कोतिर जिल्ला प्रशासन कार्यालय उदयपुरले जमघटमा होली नखेल्न दिएको निर्देशनले पनि होलीको दिन उदयपुरकाे गाईघाट, कटारी, बेल्टार, रामपुर लगायतका स्थानहरू सुनसान देखिएका छन । विगतका वर्षमा होलीको दिन असाध्यै भिडभाड र चहलपहल हुने क्षेत्र हरू यसपटक सुनसान देखिन्छ । केही ठाउँमा फाट्टफुट्ट रुपमा अबिर र पिचकारी खेलेको देखिए पनि बिगत जस्ताे ठुलाे जमघट नाच गान गरी सडकै भरी हाेलि मनाउदै हिड्नेकाे संख्या भने यस बर्ष पुरै घटेकाे देखिन्छ । ठाउँ ठाउँमा ५/७ जनाकाे समुह बनाइ नाच गान गरी हाेली खेलिएकाे भएपनि बिगत जस्ताे ठुलाे संख्यामा जम्मा भएर हाेलि भने यस पटक कतै मनाईएकाे छैन ।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया