
काठमाडौ : लोक सङ्गीतको बजारमा केही समयता केही फरक खालका गीतहरू सार्वजनिक भइरहेका छन् ।यसै बिचमा उदयपुर मयाँखुको नव स्रष्ठा राम सुनुवार र निर्मला सुनुवारको पुर्बेली लोक दोहोरी गीत उदयपुर मयाँखु सार्वजनिक भएको छ ।
(हेर्नुहोस भिडियो)
मारुनी रेर्कडिङ स्टुडियोमा रेकर्ड भएको गीतमा स्वर नव गायक अमर तामाङ्ग र नव गायिका निर्मला सुनुवारले दिएका छन । यस गीतको सङ्गीत सिता माझिले भरेकी छन भने शब्द राम सुनुवार र निर्मला सुनुवारको रहेको छ ।
प्रकाश कोइरालाले निर्देशन गरेको गीतको भिडियोमा अनु पराजुली, आषिश पौडेल लगायतका कलाकरहरुले अभीनय गरेका छन । गीतको भिडियोलाई प्रवेश पोखरेलले क्यामेरामा कैद गरेका छन भने सम्पादन दुर्लब श्रेष्ठले गरेको छ ।
गीतलाई थ्यान्क यु सिनेमा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

