गाईघाट/गाईघाटमा २ दिने जिल्ला स्तरीय बक्सिङ, तेक्वान्दो र सितोरियो कराते खेल शुक्रबार देखी बालमन्दीर मावि बोक्सेमा सुरु भएको छ । खेलको उद्घाटन त्रियुगा नगरपालिकाकी उप–मेयर देवी कुमारी चौधरीले शुक्रबार गर्नुभयो । खेलमा जिल्लाभरीका पालिकाहरुको सहभागी रहने भनिएता पनि नगरपालिकाहरुले मात्र सहभागी जनाएको छ भने गाउँपालिकाहरु बाट सहभागी हुन नसकेको आयोजकले बताएको छ ।

खेलमा तेक्वान्दो तर्फ चार ओटै नगरपालिकाहरुले सहभागी जनाएको छ भने करातेमा त्रियुगा नगरपालिका र कटारी नगरपालिकाले सहभागी जनाएको छ । यता बक्सिङमा भने त्रियुगा नगरपालिका गाईघाटले मात्र सहभागी जनाएको छ ।
त्रियुगा नगरपालिकाको १० नं वडा अध्यक्ष प्रकाश कुमार खड्काले रेफ्री, प्रशिक्षक र खेलाडीहरुलाई खेल सामाग्री हस्ताणतरण गर्नुभयो । साथै प्रशिक्षकहरुले खेललाई निष्पक्ष तरिकाले खेलाउने र खेलाडीहरुले पनि इमान्दारी र निष्पक्ष तरिकाले खेल खेल्ने सपथ लिदैँ खेल सुरु गरिएको हो । खेल शनिवार सम्पन्न हुनुका साथै पुरस्कार वितरणको कार्यक्रम रहने आयोजकले बताएको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

