समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर । दुईसाता अघि बाढीपहिरोले क्षतिग्रस्त लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा आजदेखि हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिदै छ । प्रदेश १ सरकारले आज बिराटनगरबाट  हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरी स्थानीयलाई राहात वितरण गर्ने लागेको हो ।

कृपया यो पेज Like गर्नु होला

बाढीपहिरोले ग्रामीण सडक क्षतिग्रस्त भएपछि ती दुई गाउँपालिकामा ढुवानी गर्न नसक्दाँ खाद्यान्न अभाव हुँदै आएको छ। स्थानीय तहको आग्रहमा एक साताका लागि लिम्चुङबुङ र ताप्ली गाँउपालिकामा हेलिकोप्टरमार्फत खाद्यान्य ढुवानी गर्न लागिएको प्रदेश सरकारले जनाएको छ। स्थानीय तहको आग्रहमा प्रदेश सरकारले चामल, दाल, नुन र तेल लगायतका खाद्यान्न राहात ढुवानी गरी वितरण गरिने छ ।

प्रदेश सरकारको आग्रहमा संघीय सरकारले ढुवानीका लागि हेलिकोप्टर उपलब्ध गराउने भएको छ। दुई गाँउपालिकालागि १५ हजार ६२ किलोग चालम, १ हजार ५ सय ५ किलोग दाल, १ हजार ५ सय ५ किलो नुन र त्यति नै परिणाममा तेल आवश्यक रहेको जिल्ला विपत व्यावस्थापन समितिले सिफारिस गरेको थियो।

संघीय सरकारले ढुवानीका लागि हेलिकोप्टरको व्यवस्था गर्ने र आवश्य खाद्यान्न प्रदेश सरकारले खरिद गरी उपलब्ध गराउने प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

 

 

तपाईको प्रतिक्रिया