समाचार/लेखलाई सेयर गर्नुहोस् ।

गाईघाट । त्रियुगा नगरपालिकाको भवन बनेको ६ महिना नवित्दै चुहिन थालेको छ । नगरपालिकाको मुख्य भवनको तेस्रो तला चुहिएको हो । २०७५ पुस महिनामा निर्माण सम्पन्न गरी कार्यालय संचालन गरेको भवन चुहिदा प्राविधिक शाखा, योजना, उद्यम, प्रधानमन्त्री रोजगार घरनक्सा शाखाहरु प्रभावित भएका छन ।
सिराहाको बालकी कन्टक्ससनले भ्याट सहित २८ लाखमा भवन निर्माणको काम गरेको नगरपालिकाका प्रमुख ईन्जिनियर गोपाल रायले जानकारी दिए ।
स्थानीय सेवाग्राहीले भवन चुहिएपछि नगरपालिका भित्र छाता ओढेर सेवा लिनु पर्ने अवस्था सृजना भएको छ । वरिपरि इटाको वाल र ट्रसमा जस्ता लगाई निर्माण गरिएको तलाको सबै पानी प्राविधिक फाँट भित्र पस्दा प्राविधिक शाखाको कम्प्युटर लगाएतका कागजातहरु भिजेर क्षति पुगेको छ । प्राविधिक शाखामा पानी पसेपछि पानी पस्ने ढोकामा बोरामा बालुवा भरेर पानी रोक्न प्रयास गरिएको छ । आफैले स्टमेट, डिजाईन गरि आफैले रेखदेखमा काम गरि राम्रो काम भयो भनि मुल्याकंन गर्ने प्राविधिककै टाउकोमा पानी चुहिएको घटनालाई छानविन गर्न एक समिति गठन गरेको त्रियुगा नगरपालिकाले जनाएको छ । वडा नम्बर १६ का वडा अध्यक्ष मान बहादुर राईको संयोजकत्वमा समिति गठनगरि भवन चुहिएको छानविन थालेको सूचना अधिकारी विश्वजीत राईले जानकारी दिए । ‘भवन चुहिएको छ, यो सम्पन्न भएपनि निर्माण व्यवसायीले नै मर्मत गर्नु पर्छ ।’ उनले भने ‘निर्माण व्यवसायीलाई पत्रचार गरेर मर्मत गर्न लगाउछौ ।’

कृपया यो पेज Like गर्नु होला

 

 

तपाईको प्रतिक्रिया