समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुरः गएराती उदयपुरको रौतामाई गाँउपालिकाको ७ र ८ नम्वर वडामा बाढी र पहिरोमा परी एक बालक सहित दुई वेपत्ता भएका छन। रौतामाई गाँउपालिकाको ६ को गुराँसेमा गएको पहिरोमा परी एक बालक बेपत्ता भएका छन भने, ८ नम्वर वडाको डिल्लीबरमा पहिरोले घर पुरिदा एक महिला बेपत्ता भएकी हुन।
उदयपुरका प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काका अनुसार ५५ वर्षे रणमाया रिखाम पहिरोले घर पुरिदा बेपत्ता भएकी छिन भने उनै एक छोरा छोरा घाइते भएका छन। ‘मुकुर्ची बजारमा छौडिया खोला पसेको जानकारी आएको छ,’ उनले भने, ‘रातीनै जिल्लाबाट सुरक्षाकर्मीको टोली पठाएर हामी पनि त्यही जाँदै छु।’
रौतामाई गाउँपालिकाको गुराँसेमा आइतबार राति साढे नौ बजे पहिरो गएर छौडिया खोला थुनिएपछि फुटेर एक्कासी बाढी आएको थियो। त्यही पहिराले पुरिएर अर्जुन तामाङको ९ वर्षिय छोरा वेपत्ता भएको छ भने श्रीमति घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिए।
एसपी बुढामगरका अनुसार तामाङको पहिरोले घर बगाउनुको साथै गाई, सुगुर लगायतको बगाएको छ। थुनिएको खोला खोलिएमा रौतामाई गाउँपालिकाको मुख्य बजार मुर्कुचीका व्यवसायी, स्थानीयहरु घर छोडेर सुरक्षित स्थान तिर लागेको गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए। ‘मुर्कुची बस पार्कमा रहेको एउटा गाडी बगाएको जानकारी आएको छ,’ उनले भने, ‘छौडिया खोला थुनिए नथुनिएको थप विवरण आउन बाँकी रहेको छ।’

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

तपाईको प्रतिक्रिया