समाचार/लेखलाई सेयर गर्नुहोस् ।

आमबासी । उदयपुरको त्रियुगा खोलामा आएको बाढिले बगाएर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो साढे ३ बजेको समयमा बेलका नगरपालिका-१ बस्ने तारा श्रेष्ठको खेतमा पुरुष ब्यक्तिको बेवारिसे शव बाढिले बगाएर ल्याएको थियो । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी भागलपुर र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरीको टोली खटीगई कानूनी प्रकृया गरीरहेको छ । साथै मृतकको सनाखत गरी आफन्तहरुको खोजतलाश गर्ने कार्य समेत भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया