एपीएफका प्रविन स्याङताङ र नवीन लामाले गोल गरे। पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। पहिलो हाफको १३औं मिनेटलाई स्याङताङले पहिलो गोल गरेका थिए। पहिलो हाफको २८औं मिनेटमा सुनसरीका विदेशी खेलाडी औरेल इनामेले खेललाई बराबरीमा ल्याएका थिए। ३७औं मिनेटमा नवीनले प्रहार गरेको बल विपक्षी गोलरक्षक विवश चौधरीलाई छक्याउँदै गोलमा परिणत भएको थियो।
तीन जना विदेशी खेलाडी लिएर मैदान उत्रिएको सुनसरीले आक्रमक खेल खेले पनि गोलका अवसर भने सिर्जना गर्न सकेन्। यानिक ओन्नालाई रोक्न सकेकै कारण जित सम्भव भएको एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले बताए।
सुनसरीका प्रशिक्षक सञ्जीव बस्नेतले ओन्नालाई रोक्न एपीएफ सफल भएकैले पराजय भोग्नु परेकोे बताए। एपीएफका नवीन म्यान अफ दी म्याच घोषित भए। उनले सात हजार पुरस्कार प्राप्त गरे। जितसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताअन्तर्गत आइतबार आयोजक उदयपुर र झापा फुटबल क्लबबीच खेल हुनेछ। प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले गरेका थिए।
असार ७ गतेसम्म उदयपुरको सदरमुकाम गाइघाटस्थित थरुहट रंगशालामा हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख पुरस्कार पाउने छन्।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.







