समाचार/लेखलाई सेयर गर्नुहोस् ।

गाईघाट । उदयपुरको प्रशिध्द धार्मीक एवम पर्यटकीय क्षेत्र रौतापोखरीमा होमस्टे सञ्चालनका लागि स्थानीय महिलाहरुलाई सीप सम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पर्यटन पर्वद्धन गर्ने उदेश्यले वल्र्ड नटेर्वक र रौतामाई गाउँपालिकाको सहयोगमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदपुरले होमस्टे व्यवस्थापन सम्बन्धी प्रशिक्षण गरेको हो ।
चार दिनसम्म सञ्चालित सीप सम्बन्धि प्रशिक्षणमा होमस्टे कसरी गरिन्छ, आचारसंहिता कसरी अवलम्वन गर्ने, पर्यटकलाई आकर्षित गर्न के गर्नु पर्छ, स्थानीय स्रोत साधनको प्रयोगबाट अर्गानिक परिकार कसरी बनाउने जस्ता बिषयमा जानकारी गराएर स्थानीय परिकार बनाउन अभ्यास गराइएको हुरेण्डेकका उदयपुर अध्यक्ष शंकरबहादुर थापाले बताउनुभयो ।
‘पाहुनाहरुको रोजाई स्थानीय खानेकुरा तथ रहनसहनमा नै ध्यान जाने हुनाले स्थानीय उत्पादनको विक्रीवितरण र आम्दानीलाई लक्षित गरी होमस्टे सञ्चालनका लागि सीप दिइएको भन्नुहुदै उहाँले होटलहरु पूणर् व्यवसायिक र धेरै मुनाफा केन्द्रित हुने भएकाले सामान्य पर्यटकको पनि पर्यटन प्रर्वधनमा पहुँच पुर्याउन होमस्टेलाई प्रोत्साहन गरिएको बताउनुभयो ।
संस्थाका कार्यक्रम संयोजक बिनु सुबेदीले पर्यटकले खोजेको र रोजेको स्थानीय परिकार होटलबाट सम्भव नहुने भएकोले स्थानीयको रोजीरोटी, आर्थिक समृद्धीका लागि होमस्टेमा लगानी गरिएको बताउनुभयो । ‘धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पर्यटकीय क्षेत्र रौतापोखरीमा दैनिक तीन सयको संख्यामा आन्तरिक र वाह्यि पर्यटक आउने गरेकोले उहाँहरुको व्यवस्थापनका लागि होमस्टे सञ्चालनको तयारी गरिएको हो भन्नुभयो ।
कार्यक्रमको समापन गर्नुहुदै रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्रकुमार मगरले संस्कृति, संस्कार संरक्षणमा सहयोग पुग्ने हुदा जातिय भेषभुषा, साँस्कृतिक कार्यक्रम र परम्पराको संरक्षण गर्न होमेस्टेले महत्वपूणर् भुमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा मगर होमस्टे नामन्ता र रौता सामुदायिक होमस्टेका गरी बीस जना महिलाहरुको सहभागिता रहेकोथियो ।
यस किशिमको सीप सम्बन्धि प्रशिक्षणमा सहजकर्ताहरुले स्थानीय उत्पादन मकैको विस्कृट, च्याख्लाको खिर, सिस्नुको सुप, जिरा, गाजर, जोगी खाना, मसला पुलाउ, चिकेन फ्राईड, जिरा स्कुस, मेथी स्कृस, कक्टेल, भुईस्याउको जुस, स्कुसको हलुवा, पोच अण्डा लगायतका परिकार बनाउने सीप सिकाएको आयोजक संस्था हुरेण्डेकले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया