समाचार/लेखलाई सेयर गर्नुहोस् ।

मलेसिया । मलेसियामा रहेका व्यवसायीहरुलाई नेपालमा आएर लगानी गर्न त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले आग्रह गर्नु भएको छ ।
थारु कल्याणकारीणी सभा मलेसियाले आयोजना गरेको ८ औं बार्षिक उत्सव कार्यक्रममा मलेसिया पुग्नु भएका मेयर बस्नेतले मलेसिया लगायत अन्य देशमा रहेका व्यवसायीहरुलाई नेपाल त्यो पनि त्रियुगामा आएर लगानी गर्न आग्रह गर्नु भएको हो ।
त्रियुगा नगरपालिकामा अथाह सम्भावना रहेको बताउनु हुदै मेयर बस्नेतले लगानी गरे कतै नडुब्ने दावी गर्नु भयो । उहाँले भन्नु भयो, “त्रियुगा नगरपालिका दुई वटा राष्ट्रिय राजमार्गले काटेको छ । मदन भण्डारी राजमार्गमा दैनिक ५ हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन । ती सवै सवारीसाधनलाई रोकाएर केही न केही खरिद बिक्रि गर्ने वातावरण बनाए हजारौं व्यवसाय चल्छ र हजारौं रोजगारी सिर्जना हुन्छ ।“
हामी आफू लगानी नगर्ने खाली सरकारको मात्र मुख ताक्ने भएकोले पनि कतिपय समस्याको समाधान हुन नसकेको मेयर बस्नेतको भनाई थियो । “संसारको कुनै पनि देशको सरकारले मात्र शतप्रतिशत नागरिकलाई रोजगारी दिन सक्दैन निजिक्षेत्र र सरकार दुवैको प्रयासले मात्र हो रोजगारीको सिर्जना गर्ने ।“ मेयर बस्नेतले भन्नु भयो ।
वैदेशिक रोजगारीमा आउने युवाहरुले वैदेशिक रोजगारी बाट कमाएको आधा पैसालाई मात्र उत्पादीत क्षेत्रमा लगानी गर्न सके देशले एकै बर्षमा ५० औं हजार रोजगारी सिर्जना गर्न सकिने मेयर बस्नेतको भनाई थियो । वैदेशिक रोजगारीबाट कमाएको पैसा प्राय अनुत्पादिक क्षेत्रमा लगानी भैरहेकाले व्यपार व्यवसाय बढ्न नसकेकाले रोजगारी सिर्जना हुन नसकेको मेयर बस्नेतले धारणा राख्नु भयो ।
त्रियुगा नगरपालिकाले बैदेशिक रोजगारबाट सिप लिएर आएकालाई पुँजीको वातावरण र सीप र पूँजी दुवै लिएर आएकालाई लगानीको वातावरण बनायर समाजमा स्थापित गराउदै नेतृत्व बिकाश देखि उद्यमशील बनाउने गरि विभिन्न कार्यक्रम मार्फत पहल गरिरहेको मेयर बस्नेतले बताउनु भयो ।
नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुका लागि पुनः एकीकरण कार्यक्रम मार्फत बैदेशिक रोजगार बाट फर्किएका हरुको पूँजी, ज्ञान, सीप, प्रविधि र अनुभवको सदुपयोग गर्दै त्यस्ता व्यक्तिको वित्तीय साक्षरता र पहुँचमा अभिवृद्धि गर्न प्राविधिक र व्यवस्थापकीय रूपमा सहयोग गरी एकल वा समूहमा आधारित स्वउद्यम मूलक कार्यक्रम सञ्चालन गर्दै आएको मेयर बस्नेतको भनाई थियो ।
मलेसिया लगायत अन्य मुलुकमा वैदेशिक रोजगारीमा रहेकाहरुको सिप, दक्षता, अनुभव र पूँजीलाई उपयोग गरि उद्यमशील बनाउदै रोजगारीको सिर्जना गरि अन्यलाई समेत बैदेशिक रोजगारीमा जाने नपर्ने अवस्थाको सिर्जना गर्न आफु लागि परेको र यहाँ व्यवसाय गर्दै आएका तपाईहरुको सहयोग पाए आफुले यो आफ्नो योजनालाई सफल बनाएर छाड्ने मेयर बस्नेतले उद्घोष गर्नु भयो ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया