हल्लाखोर छिमेकीलाई सबक सिकाउने अनौठो काइदा
अपार्टमेन्टमा बस्नेहरुलाई कहिलेकाहीँ छिमेकीहरुका विभिन्न आनीबानीले दिक्क पार्छन् । एउटै घरमा आफुभन्दा माथिल्लो तलाको अपार्टमेन्टमा बस्ने मानिसहरुले गर्ने ड्याङड्याङ डुङडुङ, झैझगडा, होहल्ला तथा फोहोर आदिका कारण हैरान होइन्छ । होहल्ला गर्ने छिमेकीको यस्तै चालाबाट आजित भएका एक चिनिया व्यक्तिले हल्ला गर्ने छिमेकीलाई सबक सिकाउन अनौठो काइदा अपनाएका छन् ।
चीनको साङसी प्रान्तमा बस्ने ती व्यक्तिले एक वेबस...









