अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डीगढी नगरपालिकाको वडा नं ६ सातधारेमा रहेको उदयपुर कोभिड अस्पताललाई ४० बेड बाट ६० बेडको बनाइने भएको छ।
हिजो जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) का अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई सहित प्रहरी उपरिक्षक भिम बहादुर दाहाल, सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदी सहितको टोलीले उदयपुर कोभिड अस्पताल बेल्टारको निरिक्षण तथा अवलोकन पश्चात् चौदण्डीगढी नगरपालिकामा भएको नगर प्रमुख खगेन्द्र राई सहित को अनौपचारिक बैठकले उक्त अस्पतालको बेड क्षमता ४० बाट बढाएर ६० पुर्याउने निर्णय गरेको हो।
यसैगरी कुनै पनि समय कोरोना संक्रमित ब्याक्ती आउन सक्ने भएकोले उदयपुर कोभिड अस्पताललाई चुस्तदुरुस्त राख्ने बारे छलफल भएको छ।
चौदण्डीगढी नगरपालिका नगर स्वास्थ्य शाखाका अनुसार हाल नगर अस्पताल बेल्टारमा ४ ठुला त
र २ साना अक्सिजन सिलिन्डर रहेको र नगरले थप १० सिलिन्डर खरिद गर्ने बताइएको छ जुन अक्सिजन उदयपुर कोभिड अस्पतालको लागि प्रयोग गर्न सकिने धारण चौदण्डीगढी नगर स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन तेज बहादुर पोखरेलले जानकारी दिनु भएको छ।
उता जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु सहित चौदण्डीगढी नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर स्वास्थ्य शाखा उपप्रमुख सहित को छलफलले नगर भन्दा बाहिरबाट आउने जोकोहीको पनि स्थानीय वडा अध्यक्ष, सदस्य र टोलबिकास संस्थाका अध्यक्षहरु बाट कडा नीग्रानी गराउने, सक्रमण भएकालाई होम आईशोलेसनमै राख्ने तथापि होम आईशोलेसनमा कुनै असहजता देखिए तत्काल कोभिड अस्पताल ल्याएर उपचार गरिने, कन्ट्र्याक ट्रेसिङ्गलाई प्रभावकारी बनाउने, निर्णय भएको बताइएको छ।
चौदण्डीगढी नगरपालिकाको रामप्रसाद राई रंगशालामा रगेको ८ बेडको आइशोलेसनलाई समेत तयारी अवस्थामा राखिने निर्णय भएको नगर प्रमुख खगेन्द्र राईले जानकारी दिनु भएको छ।
यता हिजै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) का सदस्यहरुले जिल्लाका बिभिन्न आइशोलेसन सेन्टरको अवलोकन गर्नु भएको डिसिसीएमसीका सदस्य तथा सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुबेदीले जानकारी दिनु भएको छ।
कोरोनाको दोश्रो भेरियन्ट यती बेला तिब्ररुपमा बढ्न थालेको छ भने देशका बिभिन्ना शहरहरुमा निषेधाज्ञा जारी भैसकेका छन यसबाट उदयपुर जिल्ला पनि अछुतो नरहने भन्दै कोभिड-१९ संक्रमण फैलिन नदिन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) का सदस्यले सकृयता देखाउनु भएको हो।