अन्जनी कुमार अधिकारी
बेल्टार। अमेरिकामा रहेको “अफ लिभ द चाइल्ड“ नामक संस्था संगको सहकार्यमा नेपालका बिभिन्न बिद्यालयमा अध्ययनरत गरिवीको रेखामुनी रहेका जेहेन्दार तथा अती बिपन्न परिवारका बालबालिकालाइ सहयोग गर्दै आएको हर्ड नेपालले उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ९ स्थित जनता नमुना माद्यामिक बिधालयमा अध्ययनरत ३१ जना अति गरिव तथा जेहेन्दार बिद्याथीबाट सुरु गरेको सहयोग बुधबार थप १९ जनालाई सहयोग गर्दै ५० जनामा पुर्याएको छ ।
बुधबार “अफ लिभ द चाइल्ड“का संस्थापक साम भोनुमु र हर्ड नेपालका संस्थापक अध्यक्ष राकेश कुमार यादव समेतको उपस्थितिमा जनता मा.बि. हडियाका गरिव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको हो ।
नेपालमा संचालित हर्ड नेपाल संस्था अमेरिकामा संचालन हुँदै आएकोे “अफ लिभ द चाइल्ड“ नामको संस्था संगको सहकार्यमा नेपालका बिभिन्न ठाँउका गरिवीको रेखामुनी रहेका जेहेन्दार तथा अती बिपन्न परिवारका बालबालिकालाई सहयोग गर्ने संस्था हो।
उक्त संस्थाले उदयपुर जिल्लामै पहिलो पटक जनता मा.बि. हडियाका जेहेन्दार तथा अती बिपन्न परिवारका बिधार्थीलाई गत बर्षबाट सहयोग सुरुगरेको थियो । हर्ड नेपाल संस्थाले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा सबैको पहुच प्रदान गर्ने उद्धेश्य लिएर सहयोग सुरु गरेको हो ।
उदयपुर जिल्लामा रहेका ५ वटा नमुना बिद्यालय मध्य पनि जिल्लामै सामुदायी बिधालय भएर पनि कक्षा १ देखी १० सम्म नै नेपाली माध्यम पढाई नहुने, केवल अंग्रेजी माध्यमबाट मात्र पढाई हुने एक मात्रा बिद्यालय हो जनत नमुना माद्यामिक बिधालय हडिय। हर्ड नेपाल संस्थाले पनि सामुदायीक बिधालय मध्य पनि अंग्रेजी माध्यम बाट पढाई हुने बिद्यालयका गरिव तथा जेहेन्दार बिधार्थीलाई सहयोग गर्दै आएको भएर उक्त संस्थाले उदयपुरको चौदण्डीगढी नगरपालिकाको जनता नमुना माद्यामिक बिधालयका बिधार्थीलाई सहयोग उपलब्ध गराएको हो।
अफ लिभ द चाइल्ड र हर्ड नेपाल संस्थाले जेहेन्दार तथा अती बिपन्न परिवारका बिधार्थीहरुलाई स्कुल ड्रेस, जुत्त, डट, कपी, किताव, पेन्सिल, इरेजर, ब्याग सहित स्कुल फी समेत हस्तान्तरण गर्दै अएको छ।
हर्ड नेपाल संस्थाले जनता नमुना मा.वी. हडियाका जेहेन्दार तथा अती बिपन्न परिवारका बिधार्थीलाई सहयोग गर्ने भएपछी बिद्यालयले निस्पक्ष तरिकाले अती बिपन्न परिवारका बिधार्थीलाई छनोट गरेको बिधलयका प्रध्यानध्यापक रामबहादुर राउतले जानकारी दिनुभको छ । हर्ड नेपाल संस्थाले बुधबार जेहेन्दार तथा अती बिपन्न परिवारका बिधार्थीलाई गरेको सहयोग उनिहरु कक्षा १० उतिर्ण नहुन्जेल सम्मको लागि निरन्तर सहयोग गरिरहने हार्ड नेपाल संस्थाले जनाएको छ।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया