उदयपुरमा थपिए ३३ जना संक्रमित

उदयपुरमा थपिए ३३ जना संक्रमित
उदयपुर, उदयपुरमा आज एकै दिन ३३ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक कोभिड प्रयोगशाला बिराटनगरमा बैशाख २१ गते गरिएको पिसीआर परीक्षणबाट त्रियुगा नगरपालिकाका ९ महिला र १५ पुरुष गरी २४ जना, चौदण्डीगढी नगरपालिकाका १ महिला र ४ पुरुष गरी ५ जना, र उदयपुरगढी गाउपालिकामा १ महिला र २ पुरुष गरी जम्मा ३३ जना थपिएका हुन् । पुष्टि भएका मध्ये एक जना जिल्ला प्रशासन कार्यालय, तीन जना जिल्ला अस्पताल र एक जना...

तीन महिने नगर स्तरीय ढाका बुनाई तथा सिलाई कटाई तालिम सम्पन्न

तीन महिने नगर स्तरीय ढाका बुनाई तथा सिलाई कटाई तालिम सम्पन्न
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डिगढी नगरपालिकाको वडा नं. ६ स्थित आँपखरे सामुदायिक बनको कार्यालयमा गत माघ २१ गते २०७७ बाट संचालन भएको नगर स्तरीय ढाका बुनाई तथा सिलाई तालिमको आज एक कार्यक्रमाका बिच नगरप्रमुख खगेन्द्र राईले समापन गर्नु भएको छ। नगरका १० ओटै वडा बाट ३-३ जना प्रशिक्षार्थी सहभागी भएर जम्मा ३० जनाले उक्त तालिम बाट लाभ लिएका थिए भने उनीहरुलाई ३ जना प्रशिक्षकले प्रशिक्षण दिएका थिए।...

उदयपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु

उदयपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगरस्थित नोवेल अस्पतालमा उपचारत चौदण्डिगढी नगरपालिका ५ का ५५ बर्षिय पुरुषको सोमबार कोरोना भाइरसबाट मृत्यु भएको हो । बैशाख १८ गते रुघाखोकी लगायत अन्य समस्या देखिएपछि विराटनगरस्थित नोवेल अस्पतालमा उपचारका लागि पुगेका उनलाई उपचार गर्नुअघि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताए । विरामीको आ...

राजाबास – भाण्टाबारी सडक कालोपत्रे

राजाबास – भाण्टाबारी सडक कालोपत्रे
उदयपुर, जिल्लाको सदरमुकाम त्रियुगा नगरपालिकाका अधिकतर वडाका सडकहरु कालोपत्रे हुने क्रम तिब्र रुपमा अघि बढेको छ । यसै क्रममा त्रियुगा नगरपालिका ८ र वाबासदेखि खाटमन्दिर हुँदै भान्टाबारीसम्म जोड्ने सडक भर्खरै कालोपत्रे भएको छ । सघन सहरी विकास तथा भवन निर्माणा आयोजना सप्तरी राजविराजबाट सञ्चालित ४ किलोमिटर सडक कालोपत्रे भएको हो । सम्झौता भएको डेढवर्षभित्र उक्त सडक स्तर सकिइ सकेकाले अव आयोजना स्रोन्नति...

उदयपुरमा अघोषित निशेधाज्ञा : यस्तो छ प्रभाव (फोटो फिचर)

उदयपुरमा अघोषित निशेधाज्ञा : यस्तो छ प्रभाव (फोटो फिचर)
उदयपुर जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन समिति (डीसीसीएमसी)को शनिबार बसेको बैंठकले जिल्लामा यातायात ठप्प बनाउने निर्णय गरेको थियो। बैठकले जिल्लामा लाग्ने हाटबजार बन्द गर्ने र जिल्ला भित्रका मुख्य बजारहरु गाईघाट, बेल्टार, कटारी, रामपुर, मुर्कुची विहान १० देखि अपरान्ह ३ बजेसम्म मात्र सञ्चालन गर्न पाउने गरी निर्णय गरेको थियो। जसअनुसार आज गाइघाट, बेल्टार र रामपुर बजारको अवस्था फोटो फिचर।  ...

उदयपुर कोभिड अस्पताल बेल्टारलाई ६० बेडको बनाइने

उदयपुर कोभिड अस्पताल बेल्टारलाई ६० बेडको बनाइने
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डीगढी नगरपालिकाको वडा नं ६ सातधारेमा रहेको उदयपुर कोभिड अस्पताललाई ४० बेड बाट ६० बेडको बनाइने भएको छ। हिजो जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) का अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई सहित प्रहरी उपरिक्षक भिम बहादुर दाहाल, सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदी सहितको टोलीले उदयपुर कोभिड अस्पताल बेल्टारको निरिक्षण तथा अवलोकन पश्चात्...

बेल्टार ट्राफीकको कोरोना संम्बन्धी जनचेतना मुलक कार्यक्रम

बेल्टार ट्राफीकको कोरोना संम्बन्धी जनचेतना मुलक कार्यक्रम
अन्जनीकुमार अधिकारी उदयपुर, आस्थायी ट्राफिक प्रहरी पोस्ट बेल्टारले आज सडकमा यात्राा गर्ने यात्रु तथा सवारी चालकहरुलाई कोरोना संक्रमण संम्बन्धी जनचेतना मुलक जानकारी दिएको छ। प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको सम्मन्वयमा उक्त जनचेतनामुलक कार्य गरिएको आस्थायी ट्राफिक प्रहरी पोस्ट बेल्टारका इन्चार्ज उमेश चौधरीले जानकारी दिएका छन। उनका अनुसार सडकमा हिंड्ने सबै यात्रु तथा सवारी चालकहरुलाई अहिले तिब्र...

बेल्टार बाट एक महिला बेपत्ता खोजी गरिदिन परिवारको अपिल

बेल्टार बाट एक महिला बेपत्ता खोजी गरिदिन परिवारको अपिल
उदयपुर, चौदण्डीगडी नगरपालिका वडा नं ६ बेल्टार निवासी एक महिला बेपत्ता भएको परिवारले बताएको छ। परिवारलाई केही जानकारीनै नगराई चौदण्डीगढी नगरपालिका वडा नं- ६ बेल्टार बस्ने एक महिला बिगत एक हप्ता अघी देखि हराएको परिवारले जनाएको हो। चौदण्डीगढी नगरपालिका ६ बस्ने उमेश बस्नेतकि श्रीमती रुपा बस्नेत आफ्नो २ बर्षको नानीलाई छोडेर बेपत्ता भएको श्रीमान उमेश बस्नेतले जनाएका छन। निकै भावुक ...

खोलामा डुबेर एक बालकको मृत्‍यु

खोलामा डुबेर एक बालकको मृत्‍यु
उदयपुर, उदयपुर जिल्लाको कटारी नगरपालिका ७ रतनपुरका एक बालकको स्थानीय खोलामा डुबेर हिजो (शनिबार) मृत्‍यु भएको प्रहरीले जनाएको छ। कटारी नगरपालिका वडा नं ७ रतनपुर बस्ने पूर्ण बहादुर मगरको छोरा अन्दाजी ४ बर्षको रितेश कुमार मगरको खोलाको पानीमा डुबेर मृत्‍यु भएको हो। घरबाट अन्दाजी १ किलोमिटर पश्चिममा रहेको तावा खोलामा नुहाने क्रममा डुवीरहेको अवस्थामा फेलापारी उपचारको लागी कटारी अस्पातल लगी चेकजाँच गर्द...

उदयपुर सिमेण्ट उद्योग लि. मा नयाँ महाप्रवन्धक आए पछी के छ उद्योगको अवस्था

उदयपुर सिमेण्ट उद्योग लि. मा नयाँ महाप्रवन्धक आए पछी के छ उद्योगको अवस्था
उदयपुर, उदयपुर सिमेन्ट उद्योग लिमिटेड नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग हो। २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यस उद्योगले गत माघ १ गते २०७७ मा नयाँ महाप्रवन्धकको रुपमा गोपीकृष्ण न्यौपानेलाई पएको छ। महाप्रवन्धक गोपीकृष्ण न्यौपानेले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको जिम्मेवारी सम्हाले पस्चात वहाँले जिम्मेवारी सम्हलेको १०० दिनको उपलक्षमा उद्योगको संचालक समित, उद्योगका कर...