उमेर नपुग्दै विवाह गर्नेको संख्या उच्च

उमेर नपुग्दै विवाह गर्नेको संख्या उच्च
कालिकोट ७ मंसिर । जिल्लाका १२ वटा गाविसमा उमेर नपुग्दै विवाह गर्नेको संख्या उच्च रहेको पाइएको छ। गाउँ बाल संरक्षण समितिको समन्वयमा किर्डाक नेपालले गरेको सर्वेक्षणमा यस्तो पाइएको हो। विस २०७२ सालमा जिल्लाका लालु, माल्कोट, कुमालगाउँ, रुप्सा, कोटबाडा, रकु, मेहलमुडी, मु्रमा, राचुँली, दाहाँ, कालिका र पाखा गाविसमा भएका ३ सय ३२ वटा विवाहित जोडीमध्ये २ सय ३२ वटा विवाह उमेर नपुग्दै गरिएको सर्वेक्षणले देखाए...

एक कल फोनको तीन सय रुपैयाँ

एक कल फोनको तीन सय रुपैयाँ
म्याग्दी ६ मंसिर । एक मिनेट फोन गरेको शुल्क कति लाग्ला? दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ। सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीकै एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट तीन सय रुपैयाँ शुल्क लाग्छ भन्दा। तर यो वास्तविकता हो। मुदी गाविसमा रहेको धौलागिरि आधार शिविरको भ्रमणमा जाने पदयात्री तथा पर्यटकले फोनमा कुराकानी गर्दा अहिले प्रतिमिनेट तीन सय रुपैयाँ शुल्क तिर्दै आएका छन्। तैपनि पदमार्गअन्त...

स्थानीय तह पुनर्संरचनामा सहमति हुन सकेन

स्थानीय तह पुनर्संरचनामा सहमति हुन सकेन
पर्वत ६ मंसिर । स्थानीय निकाय पुनर्संरचनाको विषयमा जिल्लाका राजनीतिक दलबीच सहमति हुन नसक्दा पुनर्संचरनाको काम अन्यौलमा परेको छ। सांसदले पूर्वाधार नै नपुगेको क्षेत्रलाई पनि नगरपालिका बनाउनुपर्ने माग गरेपछि प्राविधिक समितिले आयोगमा सहमति हुन नसकेको जानकारी गराएको छ। कुस्मालाई पूर्वाधारबिना नगरपालिका गठन गर्दा सो क्षेत्रलाई पनि नगरपालिका बनाउनुपर्ने सांसदले माग गरेका हुन्। गत हत्तादेखि नै दलहरुबीच छल...

एउटै ठाउँ जोड्ने पाँच सडक आयोजना सञ्चालन

एउटै ठाउँ जोड्ने पाँच सडक आयोजना सञ्चालन
म्याग्दी ६ म्याग्दी । एकै ठाउँलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले पाँच वटा आयोजना सञ्चालन भएका छन्। दलका नेताको स्वार्थ, मुख्य सडकले आफ्नो बस्तीलाई समेट्नुपर्ने स्थानीय बासिन्दाको माग, पहिले खनेको सडक असफल हुनु जस्ता कारणले एउटै ठाउँसँग जोडिने फरकफरक नाम गरेका आयोजना सञ्चालन भएको हो। दरवाङदेखि सोले हुँदै बागलुङको लामेला तमान जोड्ने पाँच वटै सडक जिविसमार्फत सञ्चालन भएका हुन्। एउटै ठाउँलाई जोड...

सवारी दुर्घटनामा १ जनाको मृत्यु

सवारी दुर्घटनामा १ जनाको मृत्यु
नवलपरासी ६ मंसिर ।  नवलपरासीको अरुणखोलामा सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ। आइतबार राती पूर्वपश्चिम राजमार्गस्थित अरुणखोला र दुम्किबासबीचको जंगलमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको एच आर ३८ यु ७१०४ नम्बरको भारतीय ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको हो। ठक्करबाट मध्यबिन्दु नगरपालिका ५ बस्ने मझूवा महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

नयाँ शक्तिको बैठक ६ कार्ययोजनामा केन्द्रित

नयाँ शक्तिको बैठक ६ कार्ययोजनामा केन्द्रित
काठमाडौं ६ मंसिर । नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्य समितिको बैठक सोमबारदेखि सुरु भएको छ। ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा सुरु भएको बैठकमा विभिन्न ६ वटा कार्यदलले तयार पारेको कार्ययोजनाका विषयमा छलफल केन्द्रित हुने पार्टी प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए। गत कात्तिक ३ गते बसेको पार्टीको विशेष राजनीतिक समितिको बैठकले पार्टीको आगामी योजना, संगठन निर्माण, आर्थिक स्रोत परिचालन लगा...

यसरी भयो दुई राप्रपाको एकता

यसरी भयो दुई राप्रपाको एकता
काठमाडौं ६ मंसिर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पार्टी एकता भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको एकता घोषणा सभामा दुई पार्टीका अध्यक्ष पशुपति शम्शेर राणा र कमल थापाले एकता दस्तावेजमा हस्ताक्षर गरे। एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)) भएको छ भने राप्रपा नेपालले प्रयोग गरेको झण्डालाई राप्रपाको झण्डा बनाउने सहमति भएको छ...

महाभियोग सिफारिस समितिमा भागवण्डा मिलेको छैन : सांसद विडारी

महाभियोग सिफारिस समितिमा भागवण्डा मिलेको छैन : सांसद विडारी
कात्तिक ४ गते संसदले गठन गरेको ११ सदस्यीय महाभियोग सिफारिस समितिले अहिलेसम्म सभापति चयन गर्न सकेको छैन। कात्तिक ११ गते आन्तरिक कार्यविधि तयार गरेपनि हालसम्म पारित भएको छैन। संसदमा लोकमानसिंह कार्कीको महाभियोग प्रस्तावमा सैद्धान्तिक छलफल नसकिँदा समितिले विजनेस पाएको छैन। यता कार्यविधि पारित नहुँदा न्यायाधीश आनन्दमोहन भट्टराईविरुद्ध तीन जना सांसदले प्रमाणिकरण गरी संसद सचिवालयमा दर्ता गराएको महाभियोग...

भारतको कानपुर रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११२ पुग्यो

भारतको कानपुर रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११२ पुग्यो
भारत ६ मंसिर । भारतको कानपुरमा आइतबार बिहान भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ११२ पुगेको छ। पटनाबाट इन्डोर जाँदै गरेको पटना–इन्डोर एक्सप्रेसको दुर्घटना भएको हो। १४ डिब्बा पल्टिएर भएको दुर्घटनामा २०० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ। रेलको डिब्बाभित्र अझै कयौं घाइते फँसिरहेको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन्। भारतीय संचारमाध्यमका अनुसार मृतकको संख्या अझै बढ्न सक्नेछ। रेलका प्रवक्...

युएईका २० हलमा छक्कापञ्जा, चार दिनमा २७ लाख कमाई

युएईका २० हलमा छक्कापञ्जा, चार दिनमा २७ लाख कमाई
युएई—नेपालमा चर्चा र सफलता कमाएको चलचित्र छक्कापञ्जालाई युएईबासी नेपालीले पनि रुचाएका छन्। हाँस्यप्रदान छक्कपञ्जा युएईभरि २० वटा हलमा चलिरहेको छ। नोभेम्बर १० देखि चलिरहेको फिल्मले चार दिनमा ९० हजार युएई दिराम (करिब २७ लाख) नेपाली रुपैयाँ कमाइ गरेको छ। बिहीबार,शुक्रबार र शनिवार हाउस फुल भएपछि छक्का पञ्जालाई युएईमा दैनिक प्रदर्शन सुरु गरिएको थियो। युएईको अबुधाबी र दुबईमा गरि दैनिक ५ सो भइरहेको कन्स...