समाचार/लेखलाई सेयर गर्नुहोस् ।

रुद्र शर्मा (आचार्य) कतार l महानगर सहकारी सस्था शाखा कतारले गत ३० डिसेम्बर २०१६ शुक्रबारका दिन कतारको अल दोसारि पार्क साहनियामा सस्थाका सेयर धनीहरुका बिच एक आपसमा सम्बन्ध प्रगाढ बनाउने उदेश्यले परिचयत्मक भेटघाट तथा बनभोज कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको हो ।

कृपया यो पेज Like गर्नु होला

बनभोज कार्यक्रम सस्थाका शेयर धनि तथा कतार शाखाका अध्यक्ष सोभित खतिवडाको सभापतित्वमा प्रमुख अतिथि अन्तर्राष्ट्रिय साहित्य समाज कतारका उपाध्यक्ष तथा खोटाङ सेवा समाजका प्रमुख सल्लाहकार प्रेम प्रसाद भट्टराई र बिशेष अतिथी गायक रबिन राइ लगायत अन्य बुद्धिजीवी बर्गका ब्यक्तित्व हरुलाइ अतिथि आसण ग्रहण गराइ महानगर सस्थाका सेयर धनी समेत रहेका खोटांङ सेवा समाज कतारका महासचिब रुद्र शर्मा (आचार्य) ले औपचारिक रूपमा कार्यक्रम संचालन अगाडि बढाएका थिए l महानगर सहकारी सस्था शाखा कतारका सचिब कैलाश श्रेष्ठले कार्यक्रममा स्वागत मन्त्यब्य राख्दै उपस्थित सम्पुर्ण लाई स्वागत गरे l

कार्यक्रममा उपस्थित सबैले आ-आफ्नो परिचय दिने र अग्रेजी नया बर्ष २०१७ को शुभकामना समेत आदनप्रदान गर्दै सस्थामा आबद्ध सबैले सम्बन्ध प्रगाढ र सुमधुर बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए l आ-आफ्नो भनाइ र अनुभव साटासाट गरि अगाडि बढेको बनभोज कार्यक्रममा विभिन्न मनोरन्जनका खुराक पस्किदै कार्यक्रमको रौनकता थपेका थिए l

शुभकामना मन्त्यब्यका साथमा बिसेष अतिथि गायक रबिन राइले आफ्नै एकल एल्बमका गीतहरु गाएर सुनाएका थिए गायक राईले गित गाए पछि उपस्थित सम्पूर्णले तालि बजाउदै साथ दिए गित सगितको महौलमा बाभोज स्थलमा थप उल्लासमय रौनकता थपि दिए l त्यसै गरि प्रमुख अतिथि प्रेम प्रसाद भट्टराईले पनि शुभकामना मन्तव्यका साथमा आफ्नो अनुभव सुनाउदै महानगर सहकारीको आफु पनि सस्थापक सदस्य भएको र सस्थाको बारेमा बिगतका जानकारी गराइ दिदा थप नया सेयर धनी हरुलाइ सस्थाका बिगतका इतिहास जान्ने मौका दिएका थिए प्रमुख अतिथि भट्टराईले उपदेश मुलक भाब आफ्नो भनाइमा राख्दै हामीले १ रुपया नभई १ लेख हुन्न एक लाख पुर्याउनको लागि ९९ हजार ९ सय ९९ रुपयालाई मात्रै लाई एक लाख भन्न मिल्दैन त्यसैले एक रुपयाको पनि एकलाख रुपैयाकै महत्वमा राख्नु पर्ने हुन्छ भन्ने जस्ता सामुहिक लागानी र बचतको बारेमा महत्त्वपूर्ण भनाइहरु राख्दै गित तथा गजलकार समेत रहेका भट्टराईले आफैले सृजना गरेका विभिन्न गजल र गित समेत सुनाएर मनोरंजन दिएका थिए l

उपस्थित सबैले आ-आफ्नो भनाइ र अनुभव साटासाट सके पछि कार्यक्रमका सभापति सोभित खतिवडाले सस्थाको बारेमा महत्त्वपूर्ण जानकारी दिदै महानगर सहकारी सस्था करिब ४ वर्ष पहिले मात्रै रोजगारीको सिलसिलामा श्रमिकका रूपमा कतार आएका विभिन्न जिल्लाका ७ जना व्यक्तिको प्रयासमा सामुहिक लगानिको उदेश्य बोकेर महानगर सहकारी सस्था स्थापना भएको बताए सोहि ७ जान व्यक्तिहरुको सामुहिक प्रयास र दीर्घकालीन योजना अनुसार आफु हरुले कम्पनी बाट पाउने तलब बाट घर खर्च समेत कटाएर सस्थामा इमानदारी पुर्ब बाकी केहि रकम बचत गर्दै अगाडि बढेको सुनाए अहिले हाल सम्म आएर सहकारी सस्थामा करिब १०० भन्दा बढी शेयर धनि रहेको र महानगर सहकारी सस्था भित्रकै शेयर धनिहरु मिलेर एक बर्ष पहिले बाट करिब तीन करोड नेपाली रुपैयाँको लगानीमा काठमाडौंको बानेश्वर तिन कुने स्थित एक मनाहगर सुपर मार्केट संचालनमा आएको छन् l उक्त सुपर मार्केट स्थापना गर्नु पुर्ब महानगर सहकारी सस्था काठमाडौं जिल्लामा दर्ता गरि हाल बैधानिक रूपमा ब्यबसाय संचालन गरिरहेको र अझ ब्यबसाय लाई थप बिस्तार गर्दै लाने योजना रहेको समेत सुनाए l

त्यसैले अब बिदेशबाट स्वदेश फर्कदा सस्थाका सेयरधनी आफुहरु बेरोजगारी बस्नु नपर्ने बताउदै कार्यक्रममा उपस्तिथित प्रमुख अतिथि,बिशेष अतिथी सस्थाका सेयर धनी हरुलाइ कार्यक्रम सलफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए l औपचारिक कार्यक्रम कै बीच बिचमा खानपिन गरि मनोरञ्जन गर्दै बनोभोज कार्यक्रमको समापन पश्चात उक्त बनभोज स्थल बाट सहभागी सबै आ-आफ्नो बासस्थान फर्किएका थिए ।

तपाईको प्रतिक्रिया