समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर। जिल्लाको कटारी नगरपालिकामा १५ बर्षिया छोरी बलात्कार पछि वुवा फरार भएका छन् । गत मंगलबार घरमा कोही नभएको मौकाछोपी ३५ बर्षिय वुवाले छोरीलाई बलात्कार गरेको भन्दै बिहीबार आमाले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिए लगत्तै उनी फरार भएका हुन् ।
फरार रहेका उनको खोजी कार्य जारी राखिएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारीले जानकारी दिए। उनको भागेर जाने सम्भावित ठाउँहरु प्हिचान गरी खोजीकार्य भैरहेको समेत उनले बताए । घरमा कोही नभएको मौकापारी धम्की दिई आफुलाई बलात्कार गरेको पीडितले बताएकी छिन।
बलात्कार पछि पनि आमा र आफन्तलाई जानकारी गरे ज्यान मार्ने धम्कि दिएको पीडितले बताएकी छिन् । बालिकाको बिहीबार कटारी अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । आरोपितविरुद्ध हाडनाताकरणी अन्र्तगत मुद्दा चलाईने प्रहरीले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया