अन्जनीकुमार अधिकारी
उदयपुर, चौदण्डीगढी नगरपालिका ८ बिरेन्द्र बजारमा हिजो भएको भीषण आगलागीमा परी पाँच घरका ७ परिवारको बिचल्नी भएसंगै स्थानीयले राहत संकलन समितीनै गठन गरेर पीडितलाई सहयोग जुटाउन थालेका छन।
स्थानीय बुद्धीजिवीहरुको हिजोको भेलाला अग्नीपीडितहरुको सहयोगकोलागी समाज सेवी युवा बिवस राईको संयोजकत्वमा ७ सदस्य राहत संकलन समिती गठन गरेको हाे। समितीका अन्य सदस्यहरुमा हरी राना मगर, सागर मगर, मित्र कुमार राई, लोकचन्द्र राई, दिनेश राईको र हरी खड्का रहनु भएकोछ। यसै बिच उक्त समिती मार्फत राहत संकलनमा सहयोग गर्न चाहनु हुने जोकोहीले पनि “राहत संकलन समिती”का सदस्यहरुलाई सिधा संपर्क गर्न सक्नुहुने राहत संकलन समितीका संयोजक बिबस राईले जानकारी दिनु भएको छ।

कृपया यो पेज Like गर्नु होला

राहत संकलन समिती संपर्क:

संयोजक राहत संकलन समिति, बिबस राई सम्पर्क न. ९८५२८४४००१
सदस्य, मित्र राई – ९८६२९१२९६७
सदस्य, लोक बहादुर राई -९८४०७९३८६९
सदस्य, हरि खडका -९८६३८२७५९६
संयोजक राहत संकलन समिती सल्लाहकार, बिरेन्द्र कु खडका – ९८५२८४४०९६
सदस्य सल्लाहकार, अम्बर ब राई – ९८६२८१४७२५

थोपा थोपा मिलेर सागर बन्छ भने तपाईंको सानो सहयोगले पीडितको उझाडिएको घरमा मुस्कान दिन सक्छ।

तपाईको प्रतिक्रिया