अन्जनीकुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला


उदयपुर, चौदण्डीगढी नगरपालिकाको वडा नं ८ स्थित बिरेन्द्र बजारमा आज बिहान अन्दाजी साढे तीन बजे बिद्युतसट भएर आगलागी हुँदा अन्दाजी १ करोड ३० लाख भन्दा माथीको क्षेती भएको छ।
स्थानीय कला राईको घरको मिटरमा सानो आगो सल्कदै गरेको देखेको र आगो निभाउन पानी छ्याप्ना साथ उक्त पानीनै आगो झै भएर घर जल्न सुरु भएको प्रहरीले जनाएको छ।
कला राईको घरबाट सुरु भएको आगो अन्य ४ घरमा समेत पुगेको थियो। बिहान बाट लागेको आगो नियन्त्रण गर्न चौदण्डीगढी नगरपालिकाको दमकल, पानीको ट्र्यान्कर, स्थानीय बासिन्दा, नेपाल परहरी र सशस्त्र प्रहरीको सहयोगमा कारीब दुई घण्टा पछीमात्र नियन्त्रणमा लिईएको थियो। आगलागी बाट पदमा कुमारी मगर, कला राई, शिसिर कुमार राई, बादल बिक्र राई र कृष्ण मगरको घर जलेर नष्ट भएको छ। बादल बिक्र राईको घरमा मुना राईको परिवार र कृष्ण मगरको घरमा भाडामा भुपाल राई बस्ने गरेको बताईएको छ, यसै बिच पाँच घरका ७ परिवारको लत्ताकपडा, गरगहना, अन्नपात, फर्निचर, टिभी, फ्रीज लगायतका सम्पूर्ण सामाग्री जलेर नष्टहुँदा अन्दाजी १ करोड ३० लाख भन्दा माथीको क्षेती भएको प्रहरीको प्ररम्भिक अनुमान रहेको छ।
उता सोही आगलागीको रापमा परेर दुई ओटा मोटारसाइकल र १ ओटा ट्र्याक्टरमा अंसिक क्षेती पुगेको छ।

 

तपाईको प्रतिक्रिया