उदयपुर, जिल्लाको बेलाका नगरपालिका वडा नं २ स्थित शिवालय टोलमा आगलागी हुँदा अन्दाजी १६ लाख भन्दा माथी क्षेती भएको छ। स्थानीय चक्र बहादुर राईको घरमा बिधुतको तार सर्ट भई अचानक आगलागी हुँदा राइको काठ र जस्ताको छानो भएको २ तल्ले घर, उक्त घर भित्र रहेका महत्वपुर्ण कागजपत्रहरु, लताकपडा, खाधन्न जलेर नष्ट भएको छ भने उक्त आगलागी बाट अन्दाजी १५ लाख क्षेती भएको प्रहरीले जनाएको छ भने सोही आगलागीमा छिमेकी तेज बहादर नेपालीको फुसको छानो भएको गोठ जल्दा अन्दाजी १ लाख ५० हजार बराबरको क्षेती भएको जनाइएको छ।
आज दिउसो अन्दाजी साढे तीन बजेको समयमा चक्र बहादुर राईको घरमा बिधुतको तार सर्ट भएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीका अनुसार आगलागी भएको भन्ने सुचना प्राप्त हुना साथ प्रहरी चौकी भागलपुर बाट प्रहरी सहायक निरिक्षक र इलाका प्रहरी कार्यालय बेलाका बाट गएको प्रहरी निरीक्षकको कमाण्डको टोली, दमक र स्थानीयबासीको सहयोगमा अन्दागी दुई घण्टा पछी आगो नियन्त्र लिईएको थियो।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया