अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला


उदयपुर, नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल बिद्यार्थी संघको ५२औं स्थापन दिवास आज एक कार्यक्रमको आयोजना गरि चौदण्डीगढी नगरपालीकाकाे बेल्टारमा समेत मनाइएको छ।
जिल्लाको क्षेत्रीय पार्टी कार्यालय बेल्टारमा आज चौदण्डीगढी नगरपालिका नेपाल बिद्यार्थी संघकाे आयोजनामा संघको ५२ औं स्थापन दिवस तथा नयाँ बर्ष २०७८ को शुभकामना आदानप्रदान गरेको हो।
कार्यक्रम नेपाल बिद्यार्थी संघ चौदण्डीगढी नगर सभापति बिवस राईको सभापतित्व तथा नेपाली काङ्ग्रेस उदयपुर जिल्ला क्षेत्रीय सभापति भोजराज खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नगर प्रमुख खगेन्द्र राई बिशिस्ट अतिथि हुनुहुन्थ्यो भने काङ्ग्रेस नगर सभापति राजेन्द्र पौडेल, ब्यापार संघका अध्यक्ष पवन कार्की, विभिन्न भातृसंगठन नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो।
कार्यक्रम नगर सचीव विशाल गेलालले संचालन गरेका थिए।

 

तपाईको प्रतिक्रिया