अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला


उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ७ निवासी लेक कुमार राई बिगत लामो समय देखि रगतको क्यान्सर (बोनम्यारो) बाट पीडित हुनु भएकोले वहाँको सहयोगार्थ देश तथा बिदेश बाट यति बेला आर्थिक सहयोग जुटिरहेको छ।
आर्थिक सहयोग जुटाउन चौदण्डीगढी नगरपालिकाका सकृय युवाहरुले संचालन गरेको बेल्टार चौदण्डीगढी फेसबुक पेज र चौनपा ७ स्थित निशान सप्लायर्सको संयुक्त टोलीले आर्थिक संकलन गरेको छ।
बेल्टार चौदण्डीगढी पेज र निशान सप्लायर्सको संयुक्त टोलीले संकलन गरेको रकम आज एक कार्यक्रमका बिच बेल्टार स्थित अधिकारी होटेलमा बोनम्यारो पीडितका आफन्तलाई हस्तान्तरण गरिएको छ।
बेल्टार चौदण्डीगढी पेज र निशान सप्लायर्सको संयुक्त टोलीले संकलन गरेको कुल रकम मध्यको बाकी रकम २ लाख ७२ हजार ७ सय ३१ रुपैया आज निशान सप्लायर्सकि अध्यक्ष निर्मला श्रेष्ठको हात बाट हस्तान्तरण गरिएको थियो भने हस्तान्तरण कार्यक्रममा बेल्टार चौदण्डीगढी पेजका एड्मिन तथा उदयपुर मिडिया हवका सदस्य संगै सोही मिडिया हवका अन्य सदस्यहरु प्रेम जंग किराँती, नयन राई (NX) सहितको उपस्थिति रहेको थियो।
बोनम्यारो पीडित लेक कुमार राईको सहयोगको लागि संकलित रकम मध्य यस अघि गत फल्गुण २ गते २०७७ का दिन समेत २ लाख ३३ हजार ३ सय २ रुपैयाँ संकलित रकम पीडितका आफन्तलाई हस्तान्तरण गरिसकिएको अन्जान किरातीले जानकारी दिनु भएको छ।
बेल्टार चौदण्डीगढी पेजका एड्मिन समेत रहेका देव श्रेष्ठका अनुसार बोनम्यारो पीडित राईलाई हाल चौथो चरणको किमो चडाईदै छ भने यहि बैशाख अन्तिम साता तिर बोनम्यारो ट्रान्सफर गर्ने कुरा रहेको जानकारी दिनु भएको छ।

 

तपाईको प्रतिक्रिया