उदयपुर, जिल्लाको रौतामाई गाउपालिका बाट एकजनालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। रौतामाई गाउपालिका वडा नं ७
मा पर्ने नवज्योति सामुदायिक वनको हिले खोल्सी भन्ने ठाउमा नामथर वतन नखुलेको महिलाको चुरा पोते सहित घटनास्थलमा टाउकोमा ढुङ्गाले प्रहार गरि हत्या गरको अबस्था मानव कंकाल रहेको भन्ने स्थानिय (घाँस दाउरा काट्ने) जनताले दिएको जानकारी अनुसार घटनाको अनुसन्धान गर्न गएको प्रहरीको बिशेष टोलीले उक्त मानव कंकाल मुर्कुची,सुकौरा,राजाबास,अधेरी एरियामा मागी खाई हिड्ने हेर्दा तराईबासी जस्तो देखिने (मानसिक सन्तुलन गुमाएको) अन्दाजी २६, २७ कि महिलाको रहेको रहेको भन्ने एकिन भएको र उक्त घटनामा रौतामाई गा.पा. ७ बस्ने पबन आछामेको छोरा अन्दाजी बर्ष २४ को राजु आछामेलाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।
प्रहरीको अनुसन्धानको क्रममा राजु आछामेले मृतक महिलालाई मिति चैत्र ११ गते २०७७ सालको दिन बेलुका अन्दाजी ६ बजेको समयमा जिल्ला उदयपुर रौतामाई गाउपालीका ७ नवज्योति सामुदायिक वन तर्फ हातमा जबजस्ती तान्दै लगी जबरजस्ति करणी गरी टाउकोमा ढुङ्गाले प्रहार गरी कर्तब्य गरी मारेको भन्ने खुल्न आएको प्रहरीले बाताएको छ।
उक्त घटनास्थलमा करणी गरी हत्या गर्न प्रयोग भएको ढुङ्गा र निज राजु आछामेको टोपी समेत फेला पारी बरामत गरी ल्याई कानुनी प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी भिम दाहालले जानकारी दिनु भएको छ।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया