उदयपुर, बेलका नगरपालिका १ आम्बासीमा रहेको बेलका मेडिलक पोलि क्लिनिक प्रा.लि. का संचालक सप्तरी चिरहुत गाऊपालिका २ मैनाकडेरी का २६ बर्षीय सुबोध यादबलाई लागूऔषध र नियन्त्रित औषधी सहित प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले पाएको बिषेश सुचनाको आधारमा शुक्रबार राती ११ बजे सो क्लिनिकमा प्रहरीले खानतलासी गरेको थियो। प्रहरीले खानतलासी गर्दा उक्त पोलिक्लिनिक बाट TRAMADOl HYDROCLALORIDE -१९८ ट्याब्लेट, DICYCLOMINE HYDROCLALORIDE – ५१५ ट्याब्लेट, KOFTAB-D – ३०५ ट्याब्लेट, TRAMADOl HYDROCLALORIDE OPIDOL – १५०२ ट्याब्लेट, PREGOUT KIT १० ट्याब्लेट, SILDENAFIL- ४ ट्याब्लेट, ZUNUGRA RED १२ ट्याब्लेट र नगद रु १,१७,००० (एक लाख सत्र हजार) सहित मोबाईल १ थान बरामद गरेको बताएको छ। बरामद गरिएका सामान सहित उक्त क्लिनिकका संचालक यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।
पक्राउ परेका उनको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया