कृपया यो पेज Like गर्नु होला

उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं ७ निवासी माओबादी केन्द्रका नेता एवम समाजसेवी केशव अधिकारीले पार्टीलाई जग्गा दान गरेका छन।
चौदण्डीगढी नगर पार्टी कार्यालयलाई आफ्नै जमिनमा आफ्नो पार्टीको भवन बनाउने सोच सहित स्थानीय माओवादी केन्द्रका नेता केशव अधिकारीले १० लाख मूल्य बराबरको १० धुर जग्गा पार्टीलाई दिने घोषणा गर्नु भएको पार्टीका जिल्ला अध्यक्ष बिनोद कट्वाल “दिवस” ले जानकारी दिनु भएको छ।
वहाँको घोषणालाई स्विकार्दै माओवादी केन्द्र चौदण्डीगढी नगर कमिटीले उक्त जग्गादाता केशव अधिकारीलाई बधाई समेत ज्ञापनप गरेको छ।
हामी संगको कुराकानीमा बोल्दै माओवादी केन्द्रका नेता तथा चौनपा वडा नं. २ का अध्यक्ष समेत रहेका सन्तोष सुबेदी “बलिदान” ले केशव अधिकारीको महान कार्यको पार्टीले उच्च मुल्यांकन गर्दै उक्त जग्गामा छिट्टै पार्टीको आफ्नै भवन निर्माण गरिने जानकारी दिनु भएको छ।

तपाईको प्रतिक्रिया