उदयपुर, नेपाल कम्युनिष्ट पार्टी – एकीकृट मार्क्सवादी लेनिनवादी (एमाले) को भातृसंगठन (एमाले) को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको चौदण्डीगढी नगर कमिटी हिजो नगरको बेल्टार स्थित एक पार्टीप्यालेसमा आयोजित कार्यक्रमका बिच गठन गरिएको छ।
हिजो बेल्टारमा आयोजित कार्यक्रममा गत हप्ता मात्र चौदण्डीगढी नगर कमिटीको संयोजकको जिम्मेवारी पाएका अनुपराज खत्रीको अध्यक्षतामा आयोजित भेलाले नगर कमिटी गठन गरेको हो भने भेलाले नगर भित्रका वडा संयोजक समेत तोकेको राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटीका संयोजक अनुपराज खत्रीले जानकारी दिएका छन।
गत फाल्गुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट एमाले र माओवादी केन्द्रलाई पुर्बवतरुपमा फर्किन गरेको आदेश अनुसार सरकारमा रहेका दुई पार्टी अलगअलग भएका थिए भने पार्टी अलग हुनासाथ केन्द्र देखि स्थानिय तह सम्म पार्टीका आफ्ना कमिटीलाई पुनर्गठन गर्न यतिबेला नेकपा एमाले र माओवादी केन्द्र लागिपरेका छन।
जसअनुसार एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटी गठन गरिएको हो।
कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटी संयोजक अनुप खत्रीको अध्यक्षता एवं राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य नेप्सुहाड्र राई र दिनेश खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको थियो।
कार्यक्रममा जिल्ला संयोजक बिमल भण्डारी , सह-संयोजक महेश राईको बिशेष आतिथ्यता रहेको थियो भने नगर कमिटिका सह-संयोजक भुवन राई समेतको उपस्थितीमा १०१ सदस्यको राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटीको घोषणा भएको जनाइएको छ।
हिजो आयोजित भेलाले नगरका सबै वडामा राष्ट्रिय युवा संघ नेपालको वडा संयोजक समेत घोषणा गरिएको र छिट्टै सबै वडामा कमिटी गठनलाई पुर्णता दिइने राष्ट्रिय युवा संघ नेपालका नव अध्यक्ष अनुप खत्रीले जानकारी दिएकाछन।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया