अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला


उदयपुर, जिल्लाको चौदण्डीगढी नगरपालिकामा माओवादी केन्द्रको नगर पार्टी कार्यालय स्थापन गरिएको छ।
माओवादी केन्द्रका चौदण्डीगढी नगरपालिका नगर इन्चार्ज कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले नगरको स्व. मदन भण्डारी लोकमार्गमा आज एक कार्यक्रमका बिच नगर कार्यालय स्थापना गरिएको छ।
गत फाल्गुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरे लगत्तै नेपाल कम्युनिस्ट एमाले र माओवादी केन्द्र पुर्बवतरुपमा फर्किनु परेको थियो।
सर्वोच्चको फैसलामा भनिएको थियो ‘निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको थियो।
२०७४ मा तत्कालीन एमाले र माओवादी केन्द्र बिच पार्टी एकता गर्ने सहमति भएको थियो भने पार्टीको नेकपा राख्ने सहमति भएको थियो भने एमाले र माओवादी केन्द्र मिलेर झन्डै दुईतिहाई बहुमत ल्याएर सरकार समेत गठन गरेका थिए यद्यपि पार्टी भित्रको अन्तर संघर्षका कारण पार्टी बिभाजनको नजिक पुगेको बेला सर्वोच्चको फैसलामा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्कन गरेको निर्णय संगै हाल देशै भर दुबै पार्टी पुर्बवतरुपमै फर्कन थालेका छन जसअनुसार आज चौदण्डीगढी नगरपालिकामा माओवादी केन्द्रको नगर पार्टी कार्यालय स्थापन गरिएको हो।


उता नगर पार्टी कार्यालय स्थापन हुँदै गर्दा आफ्नै जमिनमा आफ्नो पार्टीको भवन बनाउने सोच सहित स्थानीय माओवादी केन्द्रका नेता केशव अधिकारीले १० लाख मूल्य बराबरको १० धुर जग्गा पार्टीलाई दिने घोषणा गर्नु भएको थियो।
वहाँको घोषणालाई स्विकार्दै माओवादी केन्द्र चौदण्डीगढी नगर कमिटीले उक्त जग्गा लिदै जग्गादाता केशव अधिकारीलाई बधाई समेत ज्ञापनप गरेको थियो।
हामी संगको कुराकानीमा बोल्दै माओवादी केन्द्रका नेता तथा चौनपा वडा नं. २ का अध्यक्ष समेत रहेका सन्तोष सुबेदी “बलिदान” ले केशव अधिकारीको महान कार्यको पार्टीले उच्च मुल्यांकन गर्दै उक्त जग्गामा छिट्टै पार्टीको आफ्नै भवन निर्माण गरिने जानकारी दिनु भएको छ।

 

 

तपाईको प्रतिक्रिया