अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला


उदयपुर, चौदण्डीगढी नगरपालिकाको उधोगी ब्यापारीहरुको छाता संगठनको रुपमा रहेको बेल्टार बसाहा उधोग वाणिज्य संघको आज हुने भनिएको छैटौं साधारण सभा तथा अधिबेशन एक हप्ता पछी हुने गरि सारिएको छ।
बेल्टार बसाहा उधोग वाणिज्य संघको अध्यक्ष तथा महासचिवको हस्ताक्षर सहितको पत्र एवं बजार क्षेत्रमा मायकिङ्ग मार्फत हिजो चैत्र २७ गते संघको भवन उद्घाटन र आज चैत्र २८ गतेको लागि संघको छैटौं साधारण सभा तथा अधिबेशन हुने जानकारी सहित निर्धारित समय पुर्व आम ब्याबसायीलाई बोलाईएको भए पनि संघका सदस्य रहेका ब्याबसायीहरुको गणपुरक संख्यामा सदस्यहरु उपस्थित नहुदा आज हुने भनिएको छैटौं साधारण सभा तथा अधिबेशन अर्को हप्ता अर्थात २०७८ बैशाख ४ गते शनिवार बिहान ११ बजे हुने गरि स्थगित गरिएको छ।


आज उपस्थित संघका सदस्यहरुको भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष पवन कार्कीले संघको बिधान बमोजिम साधारण सभा तथा अधिबेशन एक हप्ताको लागि सारिएको घोषणा गर्नु भएको थियो।
आज बोलाइएको साधारण सभा तथा अधिबेशनका लागि भनेर उपस्थित भएका ब्यबसायीहरु आफ्नो ब्यबसाय बन्द गरेर ब्यापारीहरुको छाता संगठनलाई संगठित गर्न आएको भए पनि अधिबेशन नहुदा आफुहरु दुखी भएको भन्दै गुनासो ब्याक्त गरेका थिए भने आज भएको अनौपचारिक कार्यक्रमका सम्पुर्ण वक्ताहरुले चियापसलमा उधोग वाणिज्य संघको टिकाटिपणी गर्न सक्ने सबै व्यवसायिले आज यहाँ यस साधारण सभामा आएर बोलेको भए उत्तम हुने थियो तथापि गणपुरक सांख्या समेत उपस्तिथि हुन नसक्नु वहाँहरुकै कमजोरी रहेको बताएका थिए।
दुखको कुरात यो पनि रहेको छ कि बर्तमान संघका जिम्मेवार कार्यसमितिका पदाधिकारी स्वयम साधारण सभा तथा अधिबेशनको लागि बहुमत संख्यामा उपस्तिथ भएका थिएनन।
हिजो चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख मेयर खगेन्द्र राई तथा उपप्रमुख रिताकुमारी चौधरीले संयुक्तरुपमा बेल्टार बसाहा उधोग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको थियो। हिजो भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर खगेन्द्र राईले समेत आम ब्यबसायीको न्युन उपस्तिथि हुनु दुखद रहेको बताउनु भएको थियो।
हिजो भवन उद्घाटन समारोहमा संघका सदस्य जति उपस्थित रहेका थिए आज त्यतिनै संख्यामा समेत सदस्यहरुको उपस्तिथि नहुनु निकै दुखद रहेको छ।
बिगतमा कटारीको शाखाको रुप रहदै आएको उदयपुर उधोग वाणिज्य संघको शाखा कार्यालय बेल्टारलाई तत्कालीन बेल्टार बसाहा नगरपालिका भए संगै बर्तमान संघका अध्यक्ष पवन कार्कीकै संयोजकत्वमा बनेको तदर्थ समिति मार्फात हालको बेल्टार बसाहा उधोग बाणिज्य संघको बिधिवतरुपमा स्थापित भएको थियो।
बेल्टार बसाहा उधोग बाणिज्य संघको रुपमा आफ्नो पहिचान बनाएर कटारीको शाखा बाट आफू आफ्नै खुट्टामा उभिदै गरेको यस संस्थाले पवन कार्की अध्यक्ष भए संगै बेल्टारमा आफ्नै जग्गामा सुबिधा सम्पन्न भवन बनाएर हिजो नगर प्रमुखको हात बाट उद्घाटन गराउन सफल भएको संस्था हो तर यसरी आफ्नै गौरव सहित इतिहास बनाउदै गरेको बेल्टार बसाहा उधोग वाणिज्य संघको साधारण सभामा स्थानीय यस संस्थाका सदस्य रहेका व्यावसायि उपस्तिथि नहुनु दुखद मान्न सकिन्छ।

 

तपाईको प्रतिक्रिया