गाईघाट । घरमा लुकाएको गाँजा सहित चौदण्डीगढी नगरपालिका ९ अजगढाका एक व्यक्ति पक्राउ परेका छन । जिल्ला  प्रहरी कार्यालय उदयपुरले संचालन गरेको अबैध  लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत शुक्रबार दिउसो हडिया अजगढा बस्ने वर्ष ५५ को तिलक चौधरी गाँजा सहित पक्राउ परेका हुन । चौधरीको घरमा अबैध लागु औषध गाँजा लुकाई छिपाई राखेको बिशेष सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गाइघाटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी वेद प्रसाद गौतमका अनुसार ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरिक्षकको टोली खटी गई निजको घर खानतलासि गर्दा घरमा लुकाई छिपाई राखेको अबैध लागु औषध गाँजा (१ के.जी. ९१५ ग्राम) बरामद भएको हो । पक्राउ परेका चौधरीलाई  ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई थप आवश्यक अनुसन्धान भई रहेको जनाइएको छ ।

कृपया यो पेज Like गर्नु होला

 

 

तपाईको प्रतिक्रिया