गाईघाट । नेकपा माओवादी केन्द्रको उत्तराधिकारी संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालले संगठन निर्माणलाई तिब्रता दिएको छ । केहि दिन अघि जिल्ला भेला गरेको वाइसिएलले त्रियुगा नगर भेला सम्पन्न गरेको छ । माओवादी केन्द्रको पार्टी कार्यालयमा शुक्रबार सम्पन्न भेलाले त्रियुगा नगरपालिका १३ असारीका राजेन्द्र राईको अध्यक्षतामा ४१ सदस्य नगर समिती गठन गरिएको हो । समितीको उपाध्यक्षमा चित्र मगर सचिवमा मदन भुजेल सहसचिवमा रामबाबु राई भिमकुमारी राई दलबहादुर बिक र कोषाध्यक्षमा सुनिता गजमेर चयन भएका हुन ।  ओवादी केन्द्रका नेता मोहन बहादुर खत्रीको प्रमुख आथित्यमा भएको भेलामा नगरका युवाहरुको वाक्लाे उपस्थिती रहेको थियो । भेलामा वाइसियल जिल्ला संयोजक ज्ञानेन्द्र मगर, ईन्चाज दिपक राई र मजदुरका संयोजक पदम दाहाल बिद्याथी नेता बिमल कार्की लगाएतको उपस्थिती रहेको जनाइएको छ । कार्यक्रममा जिल्ला नेता खत्रीले अहिलेको परिस्थितीमा  वाईसियलको भुमिका बढेकाले युवाले सुझबुझ ढगले निर्णय गरि चल्नु पर्ने बताए ।

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया