समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

उदयपुर, ईलाका प्रहरी कार्यालय बेल्टारले अबैध लागुऔषध सहित आज तीन जनलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बेल्टार बाट प्रहरी निरिक्षक छे फिन्जो भोटे र प्रहरी सहायक निरीक्षक बोदराज बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार बाट आज दिउसो १ बजेको समयमा उनिहरुलाई प्रकाउ गरेको प्रहरीले जनाएकाे छ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ६ बेल्टार बस्ने बर्ष २५ को प्रताप मगर, सोही ठाउँका ३२ बर्षे सुरज राइ र चौदण्डीगढी नगरपालिका ४ बसाहा बस्ने ३२ बर्षकै सुमन राइ रहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका मध्य प्रताप मगरको घर बाट लुकाइछिपाई राखेको लागुऔषध लुपिजेसिक २५ थान, फेनारागन २५ थान, डाइजेपाम २५ थान र प्रयोग गरेको सिरिनेज १ थान बरामद गरिएको छ भने सुरज राईको साथ बाट ५० ग्राम गाँजा र सुमन राईको साथ बाट लुपिजेसिक २ थान, फेनारागन २ थान र डाइजेपाम २ थान बरामद गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक भिम दाहालले जानकारी दिनुभएको छ।
पक्राउ परेका उनिहरुलाई ईलाका प्रहारी कार्यालय बेल्टारमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।
गत सोमबार चैत्र ९ गते मात्र अबैध लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेल्टारले पुन: २ दिन भित्रै ३ जनालाई अबैध लागुऔषध सहित पक्राउ गर्न सफल भएको हो हाल जिल्ला प्रहरी कार्यालयले उदयपुरले जिल्लै भर संचालन गरेको अबैध लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत जिल्लाका बिभिन्न ठाउँबाट लागुऔषध सहित मनिसहरु पक्राउ परिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया