समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर, पुस १३
उदयपरुमा घाँटीमा लगाइएको सुनको सिक्री लुटेर भाग्ने एक युवा आज पक्राउ परेका छन । सदमुकाम गाईघाट स्थित तरकारी बजारमा एक गृहणीको घाँटीमा लगाएको सिक्री लुटेर भाग्दै गर्दा लुटेरा पक्राउ परेका हुन । त्रियुगा नगरपालिका २ की मिना श्रेष्ठको घाँटीमा लगाएको सुनको सिक्री चुँडेर भाग्ने क्रममा बारा गढीमाई नगरपालिका ७ का १८ वर्षिय रविकुमार यादव पक्राउ परेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओमबहादुर रानामगरका अनुसार तरकारी किन्न गएकी श्रेष्ठको तोलाको सुनको सिक्री चुँडेर भाग्ने क्रममा स्थानीय युवाको सहयोगमा प्रहरीले लुटेरा यादवलाई पक्राउ गरेको हो । ‘मिनाकोभन्दा ३० मिनेट अगाडी त्रियुगा नगरपालिका १ नै अन्जु राईको एक तोलाको सुनको सिक्री सब्जी किन्ने क्रममै चोरी भएको खवर आयो ।’ डिएसपी मगरले भन्नुभयो, ‘अन्जुको सुनकै सिक्री खोजीमा जाँदा मिनाको घाँटीबाट सिक्री चुँडेर भाग्दै गर्दा प्रहरीले यादवलाई पक्राउ गर्न सफल भयो, दुई भागे ।’ मिनाको सिक्री सहित पक्राउ गर्न प्रहरी सफल भएपनि अन्जुको सिक्री खोजी कार्य तिब्र बनाइएको प्रहरीको भनाई छ ।
डिएसपी मगरले लुटेराको समुहमा ७ देखि ८ जनाको चोरी गिरोह भएको भन्दै तिनीहरुको खोजि कार्य र अनुसन्धानलाई तिब्रता दिइएको जानकारी दिनु भयो ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया