प्रधानमन्त्रीले तेह्रथुम आगलागी पीडितलाई एक करोड सहयोग गर्ने

प्रधानमन्त्रीले तेह्रथुम आगलागी पीडितलाई एक करोड सहयोग गर्ने
काठमाडौं, पुस १९ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगलागीबाट क्षति पुगेको तेह्रथुमको संक्रान्ति बजार पुनर्निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । गएको पुस १ गते आगलागीले क्षति पुर्‍याएको संक्रान्ति बजारको मंगलबार निरीक्षण गर्दै उहाँले यस क्षेत्रको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धारकोषबाट १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । स...

शैक्षिक भ्रमणको क्रममा घाईते वालकको उपचारको क्रममा मृत्यु

शैक्षिक भ्रमणको क्रममा घाईते वालकको उपचारको क्रममा मृत्यु
उदयपुर पुस १८ । ट्याक्टरको ठक्करबाट उदयपुरका एक वालकको मृत्यु भएको छ । शैक्षिक भ्रमणमा गएका वेला त्रियुगा नगरपालिका ५ का १२ बर्षिय वालक अभिनय भट्टराईको ट्याक्टरको ठ्क्करबाट मृत्यु भएको हो । स्थानीय जनप्रेमी निमावी त्रिनपा ५ भातिखर्कका ७ कक्षामा अध्ययनरत छात्र भट्राईको उपचारको क्रममा आईतबार राती ११ बजे भारतको सिलगडीमा मृत्यु भएको मृतकका आफन्तले बताएका छन । त्रियुगा नगरपालिका २ स्थित शिवालय मन्दिर...

प्रकाश दाहालका बारेमा प्रकाशित समाचारबारे प्रेस काउन्सिलले माग्यो स्पष्टिकरण

प्रकाश दाहालका बारेमा प्रकाशित समाचारबारे प्रेस काउन्सिलले माग्यो स्पष्टिकरण
काठमाडौं, पौष १५ । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव प्रकाश दाहालका बारेमा प्रकाशित समाचारबारे प्रेस काउन्सिले नेपाल समाचारपत्र दैनिकलाई स्पष्टिकरण सोधेको छ । “महतोको लगानी शंकाको घेरामा, प्रधानमन्त्री पुत्रलाई रसरंगमा भुलाएर अवैध धन्दा चलाउँदै’ शीर्षकमा प्रकाशित समाचारविरुद्ध परेको उजुरीमाथि कार्वाही गर्दै काउन्सिलले स्पष्टिकरण माग गरेको हो ।

जनकपुरमा जोगीको भेषमा गाँजा बेच्‍ने पक्राउ

जनकपुरमा जोगीको भेषमा गाँजा बेच्‍ने पक्राउ
जनकपुर पुस १५ : जोगीको भेषमा गाँजा बेच्दै आएका एक व्यक्ति जनकपुरमा ५ किलो गाँजासहित पक्राउ परेका छन्। जनकपुर उप–महानगरपालिका वडा नं. २३ बिन्धिस्थित महादेव मन्दिरमा बसेर प्रतिबन्धित गाँजाको कारोबारमा संलग्न रहेका ७० वर्षिया जगदीश कापरलाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार मन्दिर परिसरमा गाँजाको कारोबार गर्दै गर्दा प्रहरीले उनलाई पक्राउ गर्‍यो।  उनको साथबाट पाँच किलो गाँजा र ४९ हजार नगद रुपैयाँ बराम...

बसको ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

बसको ठक्करबाट एक युवकको मृत्यु, एक घाइते
इलाम, पुस १५ – मेची राजमार्ग अन्तर्गत इलामको कोल्बुङ्गमा बसको ठक्करबाट पाँचथर फिदिमका १८ वर्षका विशाल सम्बाहाम्फेको घटनास्थलमै ज्यान गएको छ । झापा विर्तामोडका १९ वर्षका रोशन कन्दङबा घाइते भएका छन् । घाइतेलाई उपचारका लागि झापा पठाइएको छ । धरानबाट विद्यार्थी लिएर इलाम भ्रमणमा आएको को १ ख ३५६१ नम्बरको बसले फर्कने क्रममा कोल्बुङ्ग स्थित कुटिडाँडामा उनीहरुलाई ठक्कर दिएको हो । उनीहरु झापाबाट पाँ...

माछा पोखरीमा डुबेर बालिकाको मृत्यु

माछा पोखरीमा डुबेर बालिकाको मृत्यु
चितवन, पुस १५ – चितवनको चित्रवन नगरपालिका-५ का दमाई सिन्के लामाकी पाँच वर्षकी छोरी रिना लामाको माछा पोखरीमा डुबेर ज्यान गएको छ । घर पछाडीको माछा पोखरीको डिलमा खेल्ने क्रममा लडेर पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ । यस्तै भरतपुर उपमहानगरपालिका-१३ शिवघाट खोलाको छेउमा एक महिलाको शव फेला परेको छ । भरतपुरको बाह्रघरे बस्ने हेमावती काफ्लेको मर्निङवाल्क जाने क्रममा नारायणी नदीको किन...

सात किलो सुनसहित कुलसाङ पक्राउ

सात किलो सुनसहित कुलसाङ पक्राउ
काठमाडौं, पुस १४ – महानगरीय प्रहरी अपराध महमाशाखाले सात किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले बुधबार बेलुका सात किलो सुनसहित रसुवाको कुलसाङ लामालाई कलंकीबाट पक्राउ गरेको हो । पक्राउ परेका लामाले भन्सार छलेर रसुवागढी नाकाबाट धादिङ हुँदै सुन काठमाडौं भित्र्याएको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो । ठूलो मात्रामा सुन काठमाडौं भित्रिँदै गरेको गोप्...

बोर्डिङभित्रै कामदार महिलाको हत्या

बोर्डिङभित्रै कामदार महिलाको हत्या
इटहरी  पुस १४ । सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा आज बिहान शव फेला परेको छ । दुहवी–५ घर भएकी पवित्रा सोही बोर्डिङमा आवासीय सेवामा रहेको अवस्थामा गएराति हत्या भएको प्रहरीले अनुमान गर्दै बोर्डिङ सञ्चालक शङ्कर थापा लगायतसँँग प्रारम्भिक सोधपुछ भइरहेको प्रहरी उपरीक्षक पोषराज प...

अव्यवस्थित चिहानले २० हेक्टर वन विनाश

अव्यवस्थित चिहानले २० हेक्टर वन विनाश
मोरङ  पुस १४, ।  पूर्वमा घना जङ्गलमा तीव्ररुपमा पक्की चिहान निर्माण भएपछि जङ्गल मासिने क्रम बढ्न थालेको छ ।  विशेषगरी झापा, मोरङ र सुनसरी जिल्लाको राजमार्गले छोउका जङ्गल प्राकृतिक रुपले हरियो देखिनुको सट्टा चिहानले सेतै देखिन थालेका छन् । झापाको सीतापुरी, केर्खा, धरमपुर, माइधार, झिलझिले, चारआली, धाइजन, मोरङको पथरीशनिश्चरे, बयरवन, डाँगीहाट, बेलबारी तथा सुनसरीको धरानसहितका ठाउँमा कङ्क्रिट च...

रहेनन् बरिष्ठ साहित्यकार कमलमणि दीक्षित

रहेनन् बरिष्ठ साहित्यकार कमलमणि दीक्षित
१४ पुस, काठमाडौं । नेपाली भाषा–साहित्यसेवी कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरको बीएन्डबी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा बिहान दुई बजेर ४५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन महिनायता फोक्सोको क्यान्सरबाट पीडित उनलाई गाह्रो भएपछि गत सोमबार अस्पताल लगिएको थियो । मदन पुरस्कार गुठीले शोक विज्ञप्ति जारी गर्दै ...