शुक्रबार, पौष १५, २०७३
जनकपुर पुस १५ : जोगीको भेषमा गाँजा बेच्दै आएका एक व्यक्ति जनकपुरमा ५ किलो गाँजासहित पक्राउ परेका छन्। जनकपुर उप–महानगरपालिका वडा नं. २३ बिन्धिस्थित महादेव मन्दिरमा बसेर प्रतिबन्धित गाँजाको कारोबारमा संलग्न रहेका ७० वर्षिया जगदीश कापरलाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार मन्दिर परिसरमा गाँजाको कारोबार गर्दै गर्दा प्रहरीले उनलाई पक्राउ गर्यो। उनको साथबाट पाँच किलो गाँजा र ४९ हजार नगद रुपैयाँ बराम...