बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) मंगलबार बिहान सम्मको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च हुने योग रहेपनि लामो दुरिको धार्मिक यात्रा हुने बिदेशी सामानको व्यापार व्यावासाय फस्टाएर जानेछ । खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसि खर्च व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । मंगलबार दिउँसोबाट पुराना समस्याहरु समाधान गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिने तथा पहुच बिस्तार गर्न सकिनेछ । पुराना कामहरु सम्पन्न हुँने तथा राम्रो कमाई हुँने हुँदा थप लगानि बढाउँन सकिनेछ । प्रेम सम्बन्धहरुलाई बिबाहमा परिणत गरि घर गृहस्थी सुचारु गर्ने समय रहेकोछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ । परिवार तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न सहयोग पुग्नेछ । नोकरि तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतिहरुलाई चिर्दै गन्तब्यमा पुग्न सकिनेछ ।
मिथुन(का, की, कू, घ, ङ, छ, के, को, हा) अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ । हप्ताको अन्तको अर्थात शक्रबार र शनिबारको समय उत्तम रहेकोले सानो प्रयासले राम्रा तथा उपलब्धिमुलक कामहरु  गर्न सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानि गर्दा वा थोरै समय दिदा पनि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । पुराना लेनदेनका मुद्दाहरु किनार लगाउँदै नयाँ काम गर्न सकिनेछ । जीवन साथिको सहयोगले परिणाममुखि काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फन आम्दानिका स्रोत बढाउँन सकिनेछ । नोकरिमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ ।
कर्कट(ही, हू, हे, हो, डा, डी, डु, डे, डो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले नया योजना कार्यान्वयनको उपयूक्त समय रहेकोछ भने खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले सकारात्मक उपलब्धिहरु हात पार्ने योग रहेकोछ । आफन्त तथा परिवारजनको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । मित्रताको बन्धन कसिलो हुनेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा तय गर्न सकिने तथा अध्यात्म जस्ता क्षेत्रमा समय व्यातित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने सानो प्रयत्नले ठुला कामहरु बन्ने ग्रहयोग रहेकोछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न ।
सिहं (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) मन परेको मानिस तथा जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिने हुँदा आर्थिक रुपमा सम्पन्न हुँने समय रहेकोछ । समयमा कामहरु सकिने हुँदा अन्य क्षेत्रमा पनि हात हाल्ने तथा लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने व्यापारकै शिलशिलामा देश बिदेशको यात्रा गर्न सकिनेछ ।  पढाई लेखाईमा मेहनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । बिधिन्न भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।
कन्या(टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) मंगलबार बिहान सम्मको समय मध्ययम रहेकोले बाटो हिड्दा वा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । समयको ख्याल नगर्दा वा साना तिना काममा अल्भेर बस्दा महत्वपुर्ण कामहरु थाति रहनेछन् । लामो समय दखिको माया प्रेममा ब्रेक लाग्नेछ ।  मंगलबार दिउँसोबाट समय तपाईकै पक्षमा आउँने हुनाले व्यावसायमा लगानि बढाउँदा मनग्गे लाभ हुँनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिष्पर्धा गर्नुपरेपनि अन्तत तपाईकै पक्षमा नतिजा आउँदा मन खुसि हुँनेछ । पढन पाढनमा अलि मन नजादा गृहकार्यहरु समयमा सकाउँन मुस्किल पर्नेछ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा बिबाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउँन सकिनेछ । बिवाद  प्रतिष्पर्धामा बिपक्षहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । रमाईलो यात्रा हुँनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउँनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)  समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ । महत्वपुण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला । साताको अन्तको समय अर्थात शुक्रबार र शनिबारको समय उत्तम रहेकोले न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त घर परिवार तथा मामा मावली पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईनेछ । मन परेको मानिस सँग रमाईलो यात्रामा निस्कन सकिनेछ । व्यापार व्यावसायमा नया प्रविधिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ ।
बृश्चिक(तो, ना, नी, नू, ने, नो, या, यी, यू) साताको सुरु र अन्तको समय राम्रो रहेकोले ाजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुदा चुनौति पन्छाएर काम बनाउँन सकिनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने घर जग्गाको कारोबार सन्तोषजनक रुपमा सुधार भएर जानेछ । र मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ । शिक्षा तथा शिक्षा पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउँनु पर्ने रुपैया पैसा नआउँने तथा आफन्तलाई दिएको रुपैया पैसाले सत्रुता बढाउनेछ । धन सम्पति हराउने तथा चोरि हुने हुनाले यात्रा गर्दा ख्यालग गर्नुहोला । आफन्त तथा आमा सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) हप्ताको सुरु र अन्तको समय मध्ययम रहेकोले पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुँन सक्छ । गलत ब्यात्तिहरुले प्रभावमा पारेर गलत निर्णय गराउँन बाध्य पार्नेछन् । मंगलबारदेखि बिहिबार सम्मको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्त बाट सहयोग पाईने तथा आत्मियता बढेर जानेछ । लेखन कलाको माध्ययमबाट नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने अरुलाई आफ्नो प्रभावमा लिएर काम लिन सकिनेछ । उत्पादित उद्योगमा लगानि गर्ने गरि पछिको लागि जग बसाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
मकर(भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) साताको सुरु र अन्तको समय राम्रो रहेकोले सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । प्रतिभाको उच्च मुल्यांकन हुँनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । मंगलबा दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले आफन्त तथा कुटुम्ब सँग मनमुटाब सिर्जना हुनेछ भने पारिवारिक माहोलामा जमघट भई समय व्यातित गर्न सकिएपनि खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) मंगलबार बिहानसम्मको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । मंगलबार दिउँसोबाट समय तपाईकै पक्षमा आउँने हुनाले व्यावसाय फस्टाएर जाने हुनाले आम्दानि बढेर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवार तथा आफन्तको साथ सहयोग पाईनाले मन प्रशन्न रहनेछ । समाजसेवामा समय दिन सक्दा मान तथा सम्मानमा बृद्धि भएर जानेछ । अध्ययन तथा अध्यापनमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ । बिलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाईलो गरि दिन बिताउन सकिनेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) साताको सुरु र अन्तको समय राम्रो रहेकोले नया प्रबिधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । राजनिति तथा सामाजिक प्रभाव बढ्ने हुनाले  मान सम्मानमा बृद्धि हुनेछ । नियमित आय आर्जन हुने काममा समय लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ  । समाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु अरु सामु लैजान सकिनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ  । आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ ।
तपाईको दिन शुभ रहोस ।
%d bloggers like this: