गाईघाट । नेपाल सरकारका पूर्व महान्ययाधिवक्ता डाक्टर युवराज सग्रौलाले बिदेशबाट ल्याउने समान एयरपोर्टमा खोसिएको घटनाको कडा शब्दमा बिरोध गरेका छन । पूर्व महान्ययाधिवक्ता सग्रौलाले समाजिक संजाल फेसबुकमा स्टाटस हाल्दै घर आउँदा ल्याएको अलिकति सामान खोस्ने कुन बुद्धिमानीको बुद्धि हो? भनेर बिरोध जनाएका हुन ।

कृपया यो पेज Like गर्नु होला

यस्तो छ डा सग्रौलाको स्टाटस

घर आउँदा ल्याएको अलिकति सामान खोस्ने कुन बुद्धिमानीको बुद्धि हो?
१. रोक्छौ भने अरबौको बिदेशबाट आउने खाद्यान्न रोक र देशम उत्पादन गर्न प्रेरित गर।
२. रोक्छौ भने भारतबाट आएको नेपाली तरकारी बर्बाद गर्ने भारतिय तरकारी रोक।
३. रोक्छौ भने नेपालमा स्याउ कुहाएर अमेरिकाबाट ल्याउने करोडौंको स्याउ रोक।
४. रोक्छौ भने नेपाली संस्कृतिमाथीको ठाडो हस्तक्षेप रोप।
लामो समय देखि बिदेशमा बसेर आफन्त र आफनो प्रयोगका लागि ल्याएका सामान किन लुट्ने? नेताले बैठकका नाममा महाङ्गा होटलको खाजा खान हुने, पांचवटा गाडी एउटै सचिबले राखेर ४० हजारको तेल किन्ने र ड्राइभरको तलब पनि आफैं बुझ्ने जस्ता घिनलाग्दा कुरा रोक्दैनौ। बिदेशमा ज्यान माया मारेर तिम्रो बिदेशी संचिती यिनले कमाएको हो भन्ने कुरा थाहा छ? अनि यहि बिदेशी मुद्राले तिम्रा बिलासी सामान आयात हुन्छ्न भन्ने पनि बुझ्नु पर्छ। कानुनको कठोर कार्यन्वन भ्रस्टाचार रोक्न गर। नलत्कार रोक्न गर। कहिले सडकमा गरि का बालबच्चा पाल्ने अलिकति आम्दानी गर्ने तरकारी फ्यांकी दिन्छौ, कहिले फलफूल फ्यांकी दिन्छौ। किन? काम्दार र गरिबको जिवनको मुल्य हुँदैन?

तपाईको प्रतिक्रिया