उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीले त्रियुगालाई कृषिमा दुध, तरकारी, मासु, धान, फलफुलमा आत्म निर्भर बनाउने योजनामा रहेको बताएका छन । नबिनतम कृषि प्रबिधि तथा उद्यमसिलता ( माटो परिक्षण तथा खाद्यतत्व ब्यवस्थापन ) बिषयक चार दिने तालिमको शुक्रवार उद्घाटन गर्दै सो कुरा बताएका हुन ।
त्रियुगा नगरपालिकालाई कृषिमा आत्म निर्भर बनाउन गुरु योजना निर्माण गरिएको जानकारी दिदै भने नगरको नारा खानी, कृषि, पशु, वन, उद्योग नगरपालिकाको धन हो भनेका छौं नगर प्रमुख चौधरीको भनाई रहेको छ ।
नगरपालिकालाई (EAT) इन्र्जीको हबका रुपमा पहिचान दिने तयारीका साथ नगरपालिका लागि रहेको नगर प्रमुख चौधरीको भनाई रहेको छ । जसमा शिक्षा मेडिकल कलेज, ईन्जिनिरिङ, कृषि, सर्भे अमिन, पशु, इन्र्जीमा बैकल्पिक सौर्य उर्जाको बिकास गरि सोलार सिटीको रुपमा बिकास गर्ने पर्यटन प्रर्बद्धनमा बिकास गरि पहिचान स्थापन गर्न लागेको नगर प्रमुख चौधरीको भनाई रहेको छ । शिक्षाको हब उर्जाको हब जसमा सौर्य उर्जा तथा बैज्ञानिक कृषि प्रणालीसंग जोडेर पर्यटन प्रर्बद्धन गर्ने योजना रहेको औल्याए ।
उर्जालाई कृषिसंग जोडेर नगरपालिकाको भू बनोट अनुरुपको बैज्ञानिक कृषि प्रणाली अपनाउने तयारीका रहेको जानकारी दिए । कृषिलाई उत्पादन र बजारीकरणसंग जोड्ने नगरपालिकाको योजना रहेको छ । बजारमा थुप्रिने सड्ने खालको फोहोरबाट ३०÷५० वटा सम्म ग्यास उत्पादन गरि गरिब तथा बिपन्न परिवारलाई बितरण गर्ने लक्ष्य रहेको त्यसका लागि सम्भाब्यता अध्यायन भई रहेको नगर प्रमुख चौधरीले बताए ।
नगर प्रमुख चौधरीले भने आज हामी हेर्दा सानो तर महत्वपूर्ण कामको थालनी गर्दैछौं । जीवनसंग जोडिएको कामको थालनी तपाईहरुबाट गर्न लागि रहेकाछौं । राष्ट्रलाई समृद्ध बनाउने कामको थालनी गरि राखेकाछौं, त्यति मात्र होईन नगरलाई समृद्ध बनाउने कामको सुरुवात हो यो । यो तपाईसँग जोडिएको छ तपाईको परिवारसँग मिलेर राष्ट्रसंग जोडिने महत्वपूर्ण काम हो यो । हामी कृषि प्रधान देशका नागरिक हौं, तर आज हामीलाई नै थाहा छैनन कृषिको माटोको बारेमा हामी जे काम गर्न पनि तयार हुन्छौं तर हाम्रो काम गर्ने कुनै योजना हुदैन । त्यसैले हामी बिग्रिएका हौं । हामी अरुको बढी देखा सिकी गछौं । एउटाले कुखुरा पालन गरे त्यहि गर्ने अर्को ट्रयाक्टर किने त्यहि गर्ने हाम्रो बानी छ ।
त्रियुगा नगरपालिकालाई प्रदेशकै नमूना कृषि प्रणालीका साथ साथै शिक्षा, उर्जा, कृषिबाट पर्यटन भित्रयाउने योजना रहेको जानकारी दिए । जसले गर्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन प्रर्बद्धन गर्ने उदेश्य हो । चिन कृषि क्रान्तिबाट नै समृद्ध बनेको हो । त्यहाँका किसानहरु उद्योगी भन्दा धनी छन । सबैको सहकार्य समन्वयले मात्र दिगो बिकास सम्भव छ । त्यसका लागि सबैले सहयोग गर्न आग्रह गर्दै तपाई हाम्रो पालामा नै समृद्ध देख्न पाईने बताए ।
त्यसैगरी कृषि ज्ञान केन्द्रका बरिष्ठ कृषि बिकास अधिकृत सरोजकान्त अधिकारीले माटो गरिब भए त्यसले उत्पादन दिन नसक्ने भएकाले माटोलाई दुब्लाउन दिन नहुने बताए । माटोलाई आवश्यक पर्ने पोसिलो खान दिन सके मात्र त्यसले पनि उत्पादन दिने बताए । तपाईहरुको घर आँगनमा नै सुबिधा सम्पन्न माटो परिक्षण गर्ने ल्याब सहितको गाडी ल्याएकाछौं यसले गर्दौ त्रियुगा नगरपालिकाको अबस्था कस्तो छ भनि परिचय दिनेछ ।
माटो परिक्षण केन्द्रका नाथुराम चौधरीले माटो बोल्छ तर किसानले नपत्पाउने भएकाले हामीले चाहे जस्तो उत्पादन लिन नसकेको हो । माटो बिरामी हुन्छ त्यसको किसानलाई जानकारी हुदैनन । हामी तपाईहरुको घरदैलोमा आएकाछौं । त्यसको सदुपयोग गर्न आग्रह गरे । त्रियुगा नगरपालिकाको १६ वटै वडाका अगुवा किसानहरुलाई माटो परिक्षण सम्बन्धि चार दिने तालिम शुक्रवारबाट दिन सुरु गरिएको छ भने माटो परिक्षण घुम्ति शिविरले सबै वडाको माटो परिक्षण गर्ने जानकारी दिए ।

समाचार मन परे Like गर्न नभुलौ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: