तुलसी प्रसाद कोईराला
गाईघाट । सरकारले गाईघाटका होटेलहरुको बर्गिकरण गर्न होटेलहरुको परिक्षा लिने भएको छ । उदयपुर सदरमुकाम गाईघाटमा यसै बर्ष स्थापित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटेल बर्गिकरण गर्न परिक्षा लिने भएको हो । विभिन्न ५० वटा सूचकहरुलाई आधार मानेर होटेल बर्गिकरण गरिने खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरले जनाएको छ । कृषी तथा पशुपन्छी विकास मन्त्रालयद्धारा जारी खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेष्ट स्तरिकरण गर्ने सम्बन्धि निर्देशिका २०७४ अनुसार गाईघाटका होटेलहरु बर्गिकरण गर्न लागिएको डिभिजन प्रमुख रमेश दाहालले जानकारी दिए । डिभिजन प्रमुख दाहालका अनुसार निर्देशिकाले तोकेको मापदण्ड अनुसार चार वर्गमा विभाजित गरेर बर्गिकरण गरिने छ । ‘अति उत्तम, उत्तम, सन्तोष जनक र सामान्य गरि होटेलहरुको विभाजन गरिने छ ।’ कार्यालय प्रमुख दाहालका अनुसार ‘५० वटा सूचकहरुलाई अनुगमन टोलीले अनुगमन गर्दा आउने प्राप्ताङ्कलाई सय मानेर नम्बर दिईने छ ।’ जिल्ला स्थित सरोकारवालाहरुको संयुक्त अनुगमन टोलीले होटेल बर्गिकरण गरेपछि हरियो र पहेलो रंगको स्टिकर टाँस गरिने छ । बर्गिकरण सुचक पुरा भएर ९० भन्दा माथि नम्बर प्राप्त गरेमा अतिउत्तम लेखिएको हरियो रंगको ३ तारा भएको स्टिकर, ८० भन्दा माथि ८९ अंक प्राप्त गर्नेलाई २ तारा भएको उत्तम लेखिएको पहेलो रंगको स्टिकर, ६५ देखी ७९ अंक प्राप्त गर्नेलाई १ तारा रहेको पहेलो रंगको स्टिकर र ५० देखी ६४ अंक ल्याउने होटेललाई सामान्य लेखिएको पहेलो रंगको स्टिकर टाँस गरिने जनाईएको छ । ५० भन्दा पनि कम अंक ल्याउने होटेलहरु संचालन गर्न अयोग्य हुने कार्यालयले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया