गाईघाट । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा पुर्व बिद्यर्थी समाजले आयोजना गरेको आँखा शिविरमा पहिलो दिन तिन सय जनाले आँखा जाँच गरेका छन । त्रियुगा जनता बहुमुखी क्याम्पस परिसरमा आयोजित शिविरको पहिलो दिन उल्लेख्य सख्यामा आखाँ जाँच गरिएको हो । मेची आखाँ अस्पतालको प्राबिधिक सहयोगमा पूर्व विद्यार्थी समाज र स्वतन्त्र बिद्यार्थी युनियनको संयुक्त आयोजनामा शिविर आयोजना गरिएको पूर्व विद्यार्थी समाजका सचिव प्रमेश्वर घिमिरेले जानकारी दिए ।  सचिव घिमिरेका अनुसार १० जनाको मोतिया विन्दूको सामान्य अप्रेसन सहित ३०० जनाको आँखा जाँच गरिएको थियो । शिविर बुधबार, विहिबार, र शुक्रबार गरि तिन दिन सम्म संचालन हुने छ । ‘शिविरमा निशुल्क आखाँ जाँच, निशुल्क अपरेसनका सेवाहरु उपलब्ध गराईने छ ।’ पूर्व विद्यार्थी समाजका सचिव घिमिरेले भने ‘ आँखाको औसधी बितरण, २५० मा छुट सहितको चस्मा बितरण समेत शिविरमा गरिएको छ ।’ शिविरमा विद्यार्थीमा आँखाको लेन्सको समस्या र अन्य सर्वसाधरणको मोतिया विन्दुको समस्या देखिएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया