गाईघाट । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा पुर्व बिध्यार्थी समाजले क्याम्पस परिसरमा आखाँ शिविरको आयोजना गरेको छ । पूर्व विद्यार्थी समाज र स्वतन्त्र बिद्यार्थी युनियनको संयुक्त आयोजनामा मेची आखाँ अस्पतालको प्राबिधिक सहयोगमा शिविर आयोजना गरिएको हो । आँँखा शिविरको एक कार्यक्रम विच वेलका नगरपालिका मेयर दुर्गा कुमार थापाले उद्घाटन गरेको विद्यार्थी समाजको सचिव प्रमेश्वर घिमिरेले बताए ।
उदयपुरको सबै भन्दा ठुलो र जेठो पब्लिक क्याम्पस मोतिगडामा माघ २३, २४ र २५ गते तिन दिन क्यामपस परिसरमै निशुल्क आखाँ जाँच, निशुल्क अपरेसनका सेवाहरु उपलब्ध गराईने पूर्व विद्यार्थी समाजका अध्यक्ष तथा वेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार शिविरमा औसधी बितरण, २५० मा छुट सहितको चस्मा बितरण हुने भएकाले आखाँ विरामीले सेवा लिन सक्ने छन । क्याम्पस प्रति पुर्व विद्याथीहरुको हेलमेल बढाउन र क्याम्पस सहकार्य सँग गर्ने उद्देश्यले एक बर्ष अघि मात्र पूर्व विद्यार्थी समाज गठन भएको हो । शिविरमा त्रियुगा नगरपालिकाको सहयोगमा, त्रियुगा जनता बहुमुखी क्याम्पसको समन्वयमा अप्रेसन समेत गर्ने व्यवस्था मिलाईएको छ ।

समाचार मन परे Like गर्न नभुलौ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: