तुलसी प्रसाद कोईराला
उदयपुर १३ माघ । डा. गोविन्द केसीसँग नेपाल सरकारले सम्झौता गरेअनुसार शिक्षा मन्त्रालयको एक सरकारी टोलीले उदयपुरमा मेडिकल कलेजका लागि सम्भाव्यता अध्ययन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बनेको कार्यदलले उदयपुरका सम्भावित स्थानहरूको स्थलगत अध्ययन गरेको हो ।
कार्यदलका संयोजक प्राध्यापक मधुसुधन सुवेदी, शिक्षा मन्त्रालयका उपसचिव विष्णुप्रसाद मिश्र र विश्व विद्यालय अनुदान आयोगका विनोद भट्टराईको टोलीले त्रियुगा नगरपालिकाको विभिन्न स्थानहरुको स्थलगत अध्ययन गरेको छ । त्रियुगा नगरपालिका भित्र जग्गाको उपलब्धता, जनसंख्या र स्वास्थ्य, विरामीको चापका विषयमा राजनितिज्ञ, जनप्रतिनिधी र विभिन्न व्यक्तीसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

समाचार मन परे Like गर्न नभुलौ ।

सरकारले डा गोविन्द केसीको १५ औ अनसनको क्रममा गरेको सम्झौता अनुसार उदयपुरमा पनि सरकारी मेडिकल कलेज स्थापना गर्न संभाव्यता अध्ययन गरेको कार्यदलका सदस्य सचिव तथा शिक्षा मन्त्तालयका उपसचिव विष्णु प्रसाद मिश्रले बताए । कार्यदलले दिएको सिफारिसका आधारमा मेडिकल कलेज स्थापना गरिनेछ । सरकारले इलाम, पाँचथर मध्ये एक स्थानमा, डडेलधुरा, डोटी मध्ये एक र उदयपुरमा एक गरि पाँच जिल्लाको तिन स्थानमा सम्भाव्यता अध्ययन गरेको छ । उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १३ को भातिखर्क, १२ को विशनपुर मुनीको ऐलानी जग्गा, वडा नं ३ स्थित चापको जोरपोखरी सावउसको जग्गा, वडा नम्बर ४ को जनज्योती जोरपोखरीको फछौयौट खोला नजिकको पिकनिक स्पोर्ट र वडा ८ को उत्तरायी टोलको विमान स्थलको लागि सर्वे गरिएको स्थानको जग्गाको अध्ययन गरेको नेकपाका नेता प्रमेश्वर घिमिरेले जानकारी दिए ।

मेडिकल कलेजको लागि २५ देखि ३५ विगाहा जग्गा आवश्यक पर्ने भएकाले जग्गाको उपलब्धता र मुख्य सडकदेखिको पहुँचको बारेमा टोलीले अध्ययन गरेको वडा नम्बर ११ का अध्यक्ष विश्वराज भट्राईले बताए । ‘मेडिकल कलेज स्थापना गर्ने सरकारले निर्णय गरेमा कार्यदललाई देखाईएको स्थान मध्ये जुन कोही ठाउको जग्गा नगरपालिकाले व्यवस्थापन मिलाउने छ ।’ वडा अध्यक्ष भट्टराईले भने ‘१० नम्वर वडा र ११ नम्बर वडामा जग्गा नभएकोले बजारबाट केही टाढानै मेडिकल कलेज स्थापना गर्न उपयुक्र्त रहेको नगरपालिकाका जनप्रतिनिधीको सुुझाव थियो ।’ अध्ययन टोलीले जिल्ला अस्पताल उदयपुरको पनि भ्रमण गरेको छ । बजार बाहिर मेडिकल कलेज स्थापना गरी जिल्ला अस्पताललाई मुख्य अस्पतालको रुपमा विकास गर्न सकिने विषयमा समेत छलफल गरेका थियो । जिल्ला अस्पतालका मेसु विष्णु बहादुर बस्नेतले भौतिक पूर्वाधारका हिसावले मेडिकल कलेजको एउटा पार्ट विरामी जाँच्ने अस्पतालको रुपमा संचालन गर्न सम्भव रहेको धारणा व्यक्त गरेका थिए । मेसू बस्नेतका अनुसार उदयपुरमा मेडिकल कलेजको आवश्यकता रहेकाले कलेज स्थापना गर्दा जिल्ला अस्पतालले जस्तो सुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मेडिकल कलेजको लागि न्यूनतम तिन सय शैयाको अस्पताल आवश्यक हुन्छ । केही दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउँने तयारी कार्यदलले गरेको छ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: