बाराहा । उदयपुरको लिम्चुङबुङ गाउँपालिकालाई नेपालकै सुन्दर डिजिटल स्थानीय तहको रूपमा बिकास गर्न स्थानीय सरकार लागि परेको छ ।
प्रत्येक जनताको घर घरमा सहज तथा सरल रुपमा विकास पुर्याउन अहिले स्थानीय सरकारले डिजिटल पार्श्व चित्र तथा तथ्यांक संकलन कार्यक्रम अगाडी बढाएको छ । उक्त कार्यक्रम लिम्चुङबुङ गाउँ पालिका र स्मार्ट टेक नेपाल काठमण्डौको सहकार्यामा तथ्यांक संकलन भैइरहेको छ ।
मोबाइल एप्स मार्फत प्रत्येक घरधुरीको तथ्यांक, घर न. वितरण, जनसंख्या गणना, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, खेती बाली, सिचाइको अवस्था लगायत सम्पुर्ण विवरण GIS म्याप मार्फत घर घर मै पुगि फम भर्ने कार्य भईरहेको छ । तथ्यांक संकलनको सम्पुर्ण विवरण पछि विकास निर्माणमा थप सहज हुने लिम्चुङबुङ गाउँ पालिकाका अध्यक्ष मेजर राई ( मिजास किराँतीले) बताए ।