गाईघाट । गाईघाटबाट साउने तर्फ गएको ट्याक्टरले मोटरसाईकललाइ किच्दा एक जनाको मृत्यु भएको छ । गाईघाटबाट साउने तर्फ गईरहेको ट्याक्टरलाई मोटरसाईकलले ओभरटेक गर्दा मोटरसाईकलको पछाडी सवार एकको मृत्यु भएको हो । गाईघाटबाट धाप्लाङ तर्फ गईरहेको स १ त ६१५२ न. को ट्याक्टरलाईस ७ प ५१९३ न.को मोटरसाईकले ओभरटेक गर्ने क्रममा दुर्घटनाहुदाँ सप्तरी सप्तकोशि न.पा.१ फत्तेपुर बस्ने बर्ष अ. ६० को प्रेम कुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरलाई ओभरटेक गर्दा अचानक बिच बाटोमा मोटरसाईकल पल्टिन गई दुर्घटना भएको प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए । तामाङलाई ट्याक्टरको टायरले किचि घट्नास्थमै मृत्यु भएको मोटरसाईकल चालक मृतकका छोरा बर्ष अ.४० को एजेट नासुर (तामाङ) सकुसल रहेको रानाभाटले बताए । ट्याक्टर घट्नास्थलमा रहेको ट्याक्टर चालक तत्काल फरार रहेको र ट्याक्टर प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरुगरेको छ । घट्नास्थल सदरमुकाम गाईघाटबाट २४ कि.मि. टाढा रहेको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया