बाराहा । उदयपुरको कर्णाली भनेर चिनिने लिम्चुङबुङ गाउँपालिका प्रविधीको विकासमा जिल्लाका अन्य स्थानीय तह भन्दा अगाडी भएको छ । लिम्चुङबुङ गाउँपालिकामा ईन्टरनेटको सुविधा पुगे सँगै प्रविधीमैत्री गाउँपालिका बनेको हो । गाउँपालिकाले ५ वटै वडा कार्यालयमा इन्टरनेटको सुविधा उपलब्ध गराएको छ । लिम्चुङबुङ गाउँपालिकाले कर्मचारीको समयपालनालाई मध्य नजर गर्दै सबै वडा कार्यालयमा विद्युतिय हाजिरीको व्यवस्था गरेको अध्यक्ष मेजर राईले जानकारी दिए । गाउँपालिकाको वडा नं. १ बासबोटे, २ ताम्लिछा, ३ बलम्ता, ४ बाराहा र ५ जातेको वडा कार्यालयमा ई हाजिरी जडान गरेको अध्यक्ष राईले बताए । ई हाजिरी जडान पछि कार्यालयमा कर्मचारीहरुले समयपालना गर्ने र सुशासनलाई टेवा पु¥याउने गाउँपालिकाको ठहर छ । सबै वडामा इ हाजिरी जोड्ने जिल्लाको पहिलो स्थानीय तह लिम्चुङबुङ बनेको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया