ए भ्रष्टाचारका मतियारहरू !

ए भ्रष्टाचारका मतियारहरू !
साम्राज्यवादका हतियार हरू !!
यो अन्तिम दिन तिम्रो हो,
भोलिको दिन त तिम्रो मृत्यु हो !

समाचार मन परे Like गर्न नभुलौ ।

जति खानु छ आजै बेस्सरी खाऊ !
सक्छौ सात पुस्तालाई पुग्ने कमाऊ !
भाइ-भतिजा , साला-साली ,
भस्मै पोष आजै खाऊ रमाऊ !
ए भ्रष्टाचारका………!

गहिरी रहेछ हेर त तिम्रो चिहान
झुल्कन्छ पक्कै पनि हाम्रो विहान
यो अन्तिम रात हो अन्तिम भोज हो
यो तिम्रो पुस्ताको अन्तिम मोज हो
ए भ्रष्टाचारका…….!

मजदूर-किसानका आँखा खुल्दै छन
चेतनाका ईन्द्रेणी रङ्ग झुल्दैछन
तिमीले निमोठेका विरुवाहरू
पत्थर फोरेर पनि हेर फुल्दैछन !
ए भ्रष्टाचारका……!

मैदानमा भेट हुन्छ भोलि बिहान
तिम्रो ठेगाना हुन्छ चिहान !
भन के ईच्छा छ निभ्नु अगाडि ?
कि आजै भाग यो उत्सव छाडी !
ए भ्रष्टाचारका……..!

२०७५|१०|०२
सुवर्ण चोक, भक्तपुर

तपाईको प्रतिक्रिया

%d bloggers like this: