काठमाडौं  । ‘सालको पातको टपरी हुनी’ लोकदोहोरी गीतको ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ ।
लोकप्रिय भएर दर्शकमाझ आएको ४ महिना नपुग्दै यस गीतले दुई करोड बढी दर्शक कमाएको छ । यो गीत गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको थियो ।
‘सालको पातको टपरी हुनी’ छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत हो । युट्युब बाहिर पनि गीतको लोकप्रियता उत्तिकै बढेको छ । रचना, स्वर र सङ्गीत तीनै पक्ष स्रोताले निकै रुचाएका छन् । ‘म्युजिक भिडियो’ले युट्युबमा दर्शक तानेको छ ।
कुलेन्द्र विश्वकर्माले गीत राम्रो बनेको लागे पनि यति धेरै चर्चा पाउला भनेर नसोचेको बताए उनले शब्द, सङ्गीत, स्वरसँगै अभिनय र भिडियो निर्देशन पनि उत्कृष्ट रहेकोले दर्शक स्रोताको मन जितेको बताएका छन् ।
नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । यिनै चार सर्जक, कलाकार मिलेर विसं २०६८ मा ल्याएको लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’ पनि त्यसताका निकै चर्चित बनेको थियो ।
‘भिडियो’मा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ ।

समाचार मन परे Like गर्न नभुलौ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: