कृपया यो पेज Like गर्नु होला

गाईघाट । उपचार अभावमा उदयपुरमा एक विरामीद्धारा आगो लगाएर आत्मदाह गरेका छन । उदयपुरगढी गाउँपालिका वडा नं. ४ सातबोटे बस्ने बर्ष ४८ का शेरबहादुर कार्की (ख) ले बुधबार राती परालको गोठ लागो लगाएर आत्म दाह गरेका हुन ।
पायल्स, जण्डिस तथा लिभरको बिरामी डक्टरले पनि धेरै खर्च लाग्छ भनेर भनेको र उपचार गर्न नसकेर घर फर्कने क्रममा रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बस्दा राती नै बासबसेको घर नजिकै परालको गोठमा आगोमा परि घाईते अवस्थमा गाउँलेले फेला पारे ।’ गोठको आगोमा जलेको अवस्थामा गाउँलेहरुले उद्दार गरेर उपचारको क्रममा राती २ बजे जिल्ला अस्पताल गाईघाटमा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगोमा जलेका मृतक कार्कीको साथमा विषादी समेत फेला परेकाले घटनाको विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए । श्रीमती सँगै रहेका कार्कीले श्रीमतीलाई झुक्याएर गोठमा आगो लगाई आत्मदाह गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया