समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर । आकस्मिक सेवाका रुपमा लिइने जिल्ला अस्पताल उदयपुर गाईघाट प्रसुती सेवा विहिन भएको तिन महिना बितिसकेको छ ।

कृपया यो पेज Like गर्नु होला

प्रसूति सेवासम्बन्धी डाक्टर सरुवा भएर गएपछि जिल्ला अस्पतालमा तिन महिनादेखि प्रसूति सेवाविहीन भएको हो। जिल्ला अस्पतालका प्रमुख डाक्टर विष्णुबहादुर बस्नेतले बताए । अस्पतालका प्रसूति सम्बन्धी चिकित्सक पवन साह तिन महिनादेखि प्रसुती सेवा विहिन भएको जानकारी दिए। ‘भएका चिकित्सकहरुलाई पनि सरकारलेनै सरुवा गरेर पठाउँछ,’ उनले भने, ‘मागेको मागेकै छु, ढेड महिना भयो प्रसुती सेवा सञ्चालन गर्न सकेको छैन, आजबाट बालिबालिका सेवा पनि ठप्प भयो।’ प्रसूतिसम्बन्धी बिरामीले उपचारको लागि एम्बुलेन्समा दशौँ हजार खर्च गरेर धरान तथा विराटनगर जान बाध्य भएका छन। दैनिक उदयपुरको पहाडी क्षेत्र, खोटाङ लगायतका उपचार केन्द्र रहेको जिल्ला अस्पतालमा प्रसुती सेवा ठप्प भएपछि सर्वसारधणमा मारेमा परेको बताउँछन्।

चिकित्सक सरुवा हुने बित्तिकै आफूले प्रदेश सरकारका सम्बन्धित मन्त्रीलाई तुरुन्त अर्को डाक्टर व्यवस्था गरिदिन अनुरोध गरे पनि अहिलेसम्म व्यवस्था हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष खड्ग परियारले बताए। ‘जिल्लामा  अस्पतालमा दरबन्दी अनुसारका डाक्टरहरुमो पुर्ति गर्न प्रदेश र संघीय सरकारलाई माग गरेको छु,’ उनले भने, ‘माथिल्लो निकायबाट पाठउँदैन, त्यसै कारणमा वेला वेला अस्पतालका सेवा ठप्प हुने गरेको छ, अस्पतालाका सेवा ठप्प नहुने गरी माग गर्न केही दिनअघि काठमाण्डौ पुगेर भर्खरै आएको छु।’

तपाईको प्रतिक्रिया