गाईघाट । त्रियुगा नगरपालिकाले नगर खेलकुद विकास समितिको अध्यक्षमा प्रदिप श्रेष्ठलाई नियुक्त गरेको छ । त्रियुगा नगरकार्यपालिकाको शुक्रबार बसेको बैठकले जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको हो । त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीको अध्यक्षतामा बसेको बैठकले नगर खेलकुद विकास समिति गठन गरि अध्यक्षमा श्रेष्ठ र सचिवमा पूर्व फुटवल खेलाडी रामाकान्त चौधरीलाई नियुक्त गरेको मेयर चौधरीका स्वकीय सचिव ओम श्रेष्ठले जनाएका छन । स्वकीय सचिव श्रेष्ठले सामाजिक संजालमा नगर खेलकुद विकास समितिमा श्रेष्ठ र चौधरीलाई नियुक्त गरिएको सार्वजनिक गरेका हुन । नगर खेलकुद विकास समितिमा आफुलाई नियुक्त गर्ने निर्णय भएकोमा श्रेष्ठले त्रियुगा नगरकार्यपालिका प्रति आभार व्यक्त गरे । ‘सर्वप्रथम म त्रियुगा नगर कार्यपालिकाका सबैलाई धन्यवाद दिन चाहान्छु ।’ नव नियुक्त अध्यक्ष श्रेष्ठले भने ‘त्रियुगा नगरपालिकालाई खेलकुद मैत्री नगर बनाउन आफु र आफ्नो टिम लागि पर्ने छु ।’ खेलकुद सम्बन्धी त्रियुगा नगरपालिकाको बजेटको सदुप्रयोग र खेलाडीको बृत्ती विकास गर्नेमा आफ्नो विशेष जोड हुने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाले नियुक्तीको पत्र दिएपछि आफु सबै खेलकुद सँग सम्बन्धित संघ संस्था र क्लबहरुको भेला गरेर खेलकुदको आवधिक योजना नै बनाउने सोच रहेको समेत अध्यक्ष श्रेष्ठले खुलासा गरे । नवनियुक्त श्रेष्ठ केही दिन अघि मात्र एन्फाको १ नम्बर प्रदेश स्तरीय एकेडेमीको कोषाध्यक्षमा समेत नियुक्त भएका थिए ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया